सामग्रीमा जानुहोस्

नेपालका विकास क्षेत्रहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(विकाश क्षेत्रबाट अनुप्रेषित)
नेपालका विकास क्षेत्रहरू
श्रेणीसङ्घीय राज्य
अवस्थितिसङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
सङ्ख्या५ को अनुसार
सरकार
  • क्षेत्रीय सरकार
उपविभाजन

नेपाललाई वि.सं. २०१९ मा १४ अञ्चलमा वर्गीकरण गरिएको थियो र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा वर्गीकरण गरीएको थियो। १४ प्रशासकीय अञ्चलहरूलाई ५ समूहमा विभाजित गरी वि.सं. २०२९ र २०३१ मा ५ विकास क्षेत्रहरूको निर्माण गरिएको थियो। ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ वटा मात्र अञ्चलहरू छन्। विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाडतराईको भू-भाग पर्ने गरी अञ्चलहरूलाई समेटिएको थियो।

विसं २०२९ मा राजा वीरेन्द्रले सम्पूर्ण राज्यलाई चार भागमा विभाजन गरेका थिए। यी क्षेत्रहरू निम्नानुसार छन्:

  • पूर्वाञ्चल विकास क्षेत्र,
  • मध्यमाञ्चल विकास क्षेत्र,
  • पश्चिमाञ्चल विकास क्षेत्र,
  • सुदूर पश्चिमाञ्चल विकास क्षेत्र।
  1. तीन क्षेत्रहरू थिए:

हिमाली क्षेत्रमा १६ वटा जिल्ला रहेका थिए। पहाडी क्षेत्र ३० जिल्ला मिलेर बनेको थियो। पूर्वदेखि पश्चिमसम्म २० वटा जिल्ला मिलेर बनेको तराई क्षेत्र रहेका थिए। (झापा, सिराहा, सप्तरी, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन, कपिलवस्तु, नवलपरासी, रूपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)। सन्तुलित वा समानुपातिक विकासद्वारा राष्ट्रका विभिन्न भागबीचको खाडल पुर्ने यसको लक्ष्य थियो। त्यसको आठ वर्षपछि २०३७ मा उनले सुदूर पश्चिमाञ्चल विकास क्षेत्र सेती र महाकालीबाट दुई क्षेत्र समेटेर मध्य पश्चिमाञ्चल विकास क्षेत्र नामाकरण गरेर राष्ट्रलाई थप विभाजन गरेका थिए।[]

नेपालका विकास क्षेत्रहरू
क्रम सङ्ख्या नाम अञ्चलहरू जिल्ला सङ्ख्या सदरमुकामहरू जनसङ्ख्या (वि.सं २०६८) क्षेत्रफल (किमी)
पूर्वाञ्चल विकास क्षेत्रमेची
कोशी
सगरमाथा
१६धनकुटा५८,११,५५५२८,४५६
मध्यमाञ्चल विकास क्षेत्रजनकपुर
बागमती
नारायणी
१९काठमाडौँ९६,५६,९८५२७,४१०
पश्चिमाञ्चल विकास क्षेत्रगण्डकी
लुम्बिनी
धौलागिरी
१६पोखरा४९,२६,७६५२९,३९८
मध्य पश्चिमाञ्चल विकास क्षेत्रराप्ती
भेरी
कर्णाली
१५वीरेन्द्रनगर३५,४६,६८२४२,३७८
सुदूर पश्चिमाञ्चल विकास क्षेत्रसेती
महाकाली
दिपायल२५,५२,५१७१९,५३९
जम्मा नेपाल ७५ काठमाडौँ २,६४,९४,५०४ १,४७,१८१

विकास क्षेत्रका सदरमुकामहरू

[सम्पादन गर्नुहोस्]
नेपालका विकास क्षेत्रहरू मा पर्दछ नेपाल
(वीरेन्द्रनगर)
(वीरेन्द्रनगर)
(दिपायल)
(दिपायल)
(काठमाडौँ)
(काठमाडौँ)
(धनकुटा)
(धनकुटा)
(पोखरा)
(पोखरा)
(सदरमुकाम)

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]