रामायण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(वाल्मीकीय रामायणबाट अनुप्रेषित)
रामायण
राम वनबास जाँदा पादुका माग्दै भरत
विबरण
धर्महिन्दू
लेखकवाल्मीकि
भाषासंस्कृत
अध्यायहरू५०० सर्ग, ७ काण्ड
पद्य२४,०००

रामायण (संस्कृत : रामायणम् = राम + आयणम् ; शब्दको अर्थ: 'रामको जीवन यात्रा') वाल्मीकि ऋषिद्वारा संस्कृतमा लेखिएको एक हिन्दु महाकाव्य हो। यसमा २४,००० श्लोकहरू रहेका छन।[१] यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा रामको गाथा लेखिएको छ। यसमा सातवटा अध्यायहरू छन जसलाई काण्ड भनिन्छ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

पात्रहरू निम्न छन्:

रचनाकाल[सम्पादन गर्नुहोस्]

महर्षि वाल्मीकिले त्रेता युगमा रामायणको रचना गरेका हुन भन्ने विश्वास रहेको छ।

काण्डहरू[सम्पादन गर्नुहोस्]

बाल काण्ड[सम्पादन गर्नुहोस्]

सीता स्वंयवर (चित्रकार: रवि वर्मा)

यो सर्ग (खण्ड)ले रामको बाल्यकालका कथाहरू र समयकालसँग सम्बन्धित घटनाहरूको विवरण दिन्छ। दशरथ अयोध्याका राजा थिए। उनको तीन पत्नीहरू थिए: कौशल्या, कैकेयी र सुमित्रा। उनको छोरा नभएको र कानुनी उत्तराधिकारीको इच्छामा पुत्र-कामेश्ती यज्ञ भनिने अग्नियज्ञ गरे। फलस्वरूप, कौशल्याबाट राम, कैकेयीबाट भरत, सुमित्राबाट लक्ष्मण र शत्रुघ्न को जन्म भएको थियो।

राजकुमारहरूलाई वशिष्ठ ऋषिबाट शास्त्र ग्रन्थबाट राज्य तथा युद्धको ज्ञान दिइयो। जब राम १६ वर्षका थिए, ऋषि विश्वामित्र यज्ञमा बाधा पुर्याउने राक्षसहरू विरुद्ध मद्दत माग्न आए। उनले रामलाई छाने। रामसंगै लक्ष्मण पनि संगै गए। कथाभरि उनको निरन्तर संगै रहन्छन्। राम र लक्ष्मणले विश्वामित्रबाट निर्देशन र अलौकिक हतियारहरू प्राप्त गर्छन् र ताटक र अन्य धेरै राक्षसहरूलाई नष्ट गरे।

जनक मिथिलाका राजा थिए। एक दिन, राजाले आफ्नो हलो जोतेको बेलामा एउटी बालिका खेतमा भेटिन्। खुशीले अभिभूत भएर राजाले बच्चालाई "इश्वरको चमत्कारी उपहार" माने। बच्चाको नाउँ सीता राखियो। सीता अतुलनीय सौन्दर्य र आकर्षणको युवती बनेर हुर्किइन्। राजा जनकले "शिवले आफ्ना पुर्खाहरू लाई दिएको धनुष (शिव धनुष ) जसले उठाउन सक्छ, सीताको विवाह उसै संग गराइदिने निर्णय गरेका थिए। [२]

ऋषि विश्वामित्रले राम र लक्ष्मणलाई स्वयम्बर उत्सब देखाउन मिथिलामा लगे। उत्सवमा रामले शिवधनुष उठाए र ताँदो तान्दा धनुष भाँचियो।[२] रामले सीतासँग, लक्ष्मणले उर्मिलासँग, भरतले माण्डवीसँग र शत्रुघ्नले श्रुतकीर्तीसँग विवाह गरे। मिथिलामा ठूलो उत्सव मनाइयो र विवाह पार्टी अयोध्या फर्कियो।


अयोध्या काण्ड[सम्पादन गर्नुहोस्]

राम र सीताको विवाह पछि, वृद्ध राजा दशरथले रामलाई राज्याभिषेक गर्ने इच्छा व्यक्त गरे। राज्यको कोसल सभा डाकियो र राज्यका प्रजाहरूले समर्थन जनाए। राज्याभिषेकको पूर्वसन्ध्यामा, कैकेयीलाई दशरथले उनलाई धेरै पहिले दिएका दुई बचन माग्न एक सुसारे मन्थराले उक्साए। कैकेयीले रामलाई चौध वर्षको लागि बनबास गर्न र भरतलाई राजा बनाउन माग गर्छिन्।

आफ्नो वचनप्रतिको कठोर भक्तिले विवश भएको हृदयविदारक राजा कैकेयीको मागलाई स्वीकार गरे। रामले आफ्नो बुबाको अनिच्छुक हुकुमलाई पूर्ण समर्पण र शान्त आत्म-नियन्त्रणका साथ स्वीकार गर्दछ जुन कथाभरि उनको विशेषता हो। उनीसँग सीता र लक्ष्मण पनि जान्छन्। जब उनले सीतालाई आफ्नो पछि नलाग्न आग्रह गरे, सीताले भनिन्, "तिमी बसेको वन मेरो लागि अयोध्या हो, र तिमी बिनाको अयोध्या मेरो लागि साँचो नरक हो।"

रामको प्रस्थान पछि, शोक सहन नसकेर राजा दशरथको मृत्यु हुन्छ। यसैबीच, भरत, जो आफ्नो मामाघरमा थिए, अयोध्याका घटनाहरू बारे जान्छन्। भरतले आफ्नी आमाको षडयन्त्रबाट लाभ लिन अस्वीकार गरे र रामलाई जंगलमा भेट्न गए। उनले रामलाई फर्केर शासन गर्न अनुरोध गर्छन्। तर राम, आफ्नो बुबाको आदेशलाई पालन गर्न कटिबद्ध छन्, निर्वासनको अवधि अघि फर्कन अस्वीकार गर्छन्।

अरण्य काण्ड[सम्पादन गर्नुहोस्]

रावण एक तपस्वीको भेषमा सीताको कुटीमा भिक्षा माग्न आए।

तेह्र वर्षको वनवास पछि, राम, सीता र लक्ष्मण गोदावरी नदीको किनारमा दक्षिणतिर यात्रा गर्छन्, जहाँ उनीहरूले कुटी बनाएर बस्छन्। पञ्चवटी वनमा रावणकी बहिनी शूर्पणखा नामक राक्षसीले उनीहरूलाई भेट्न आउँछन्। उसले भाइहरूलाई फकाउन खोज्छ र असफल भएपछि सीतालाई मार्ने प्रयास गर्छ। लक्ष्मणले उनको नाक र कान काटेर रोके। यो सुनेर उनका भाइहरू खर र दुशणले लक्षमण विरुद्ध आक्रमण गरे। लडाईमा रामले खर-दूषण र त्यस उनीहरूको सेनाको संहार गरे।

जब यी घटनाको खबर रावण कानसम्म पुग्यो, उसले राक्षस मरिचको सहायताले सीतालाई कब्जा गरेर रामलाई हराउने निर्णय गरे। स्वर्णमृग को रूप धारण गरेर मरिचले सीताको ध्यान आकर्षित गर्यो। मृगको सौन्दर्यले मोहित भएर सीताले रामलाई समात्न बिन्ती गर्छिन्। यो राक्षसहरूको षडयन्त्र हो भनी थाहा पाएर पनि रामले सीतालाई आफ्नो इच्छाबाट रोक्न सकेनन् र लक्ष्मणलाई सीतालाई हेर विचार गर्न छोडेर मृगलाई खोज्न वनमा लागे।

केही समय पछि, सीताले रामको चिच्याएको, मद्दत मागेको आवाज सुनिन्; उनले लक्ष्मणलाई रामको सहायत गर्न जान आग्रह गरिन्। लक्ष्मणले रामलाई अरु कसैले त्यति सजिलै चोट पुर्याउन नसक्ने कुरामा आश्वस्त पार्ने प्रयास गरे र सीताको सुरक्षाको लागि उनले रामको आदेशलाई मानेमा यो उत्तम हुने बताए। सीताले आफुलाई नभई रामलाई सहयोग चाहियोको कुरा गरिन्। त्यसैले लक्ष्मण ले कुटीको वरपर लक्ष्मणरेखा बनाएर जस्तो सुकै परिस्थिति आए पनि यो रेखा पार नगर्नु भनेर रामलाई खोज्न हिंडे। अन्ततः बाटो खाली भएपछि, रावण एक तपस्वीको भेषमा सीताको कुटीमा भिक्षा माग्न आए। जोगीको असली रुपबारे अनजान सीतालाई जोगीले रेखा बाहिर बाट भिक्षा दिए मात्र लिने बताए र त्यसपछि जबरजस्ती रावणले सीताको हरण गरे।

सीताको हरण गर्दा रावण - जटायु युद्ध ; राजा रवि वर्माको चित्र

जटायु नामको गिद्धले सीतालाई बचाउन खोजे तर रावणसंगको युद्धमा उनको पखेटा काटियो। लंकामा सीतालाई राक्षसहरूको पहरामा राखियो। रावणले सीतालाई उनीसँग विवाह गर्न आग्रह गरे, तर उनले रामप्रति पूर्ण समर्पित भएर इन्कार गरिन्। यसैबीच, राम र लक्ष्मणले जटायुबाट सीताको अपहरणको बारेमा थाहा पाए। यो सबै कुरा बताएपछि जटायुले आफ्नो अन्तिम सास फेरे र जटयुको अन्तिम संस्कार गरेर राम लक्ष्मण सीताको खोजीमा सघन वनको भित्र अघि बढे। बाटोमा रामले दुर्वासा ऋषिको श्रापको कारण राक्षस बनेका गन्धर्व कबन्धको वध गरि उसका उद्धार गरे र शबरीको आश्रममा पुगे जहाँ शबरीले दिएको जुठा बयर उनले भक्तिपूर्वक खाए। इस प्रकार राम सीताको खोजमा सघन वनको भित्र अघि बढ्दै गए।

किष्किन्धा काण्ड[सम्पादन गर्नुहोस्]

राम ऋष्यमूक पर्वतको नजिक पुगे। त्यस पर्वतमा आफ्ना मन्त्रीहरू सहित सुग्रीव रहने गर्थे। सुग्रीवले शंका गरे कि बालिले उनलाई मार्नको लागि सिपाही पठएका हुन्। हनुमानलाई रामलक्ष्मणको विषयमा जानकारी लिनको लागि ब्राह्मणको रूपमा पठाए। उनीहरू राम र लक्षमण भएको सीताको खोजी गरिरहेको र बालीले नपठाएको थाहा पाएपछि हनुमानले राम र सुग्रिवको मित्रता गराए। सुग्रीवले रामलैइ सान्त्वना जानकी लाई खोज्न उनको सहयोग गर्ने सान्त्वना दिए। साथमा आफ्नो दाइ बालिको अत्याचारको विषयमा बताए। रामले बालिको वध गरि सुग्रीवलाई किष्किन्धा का राजा तथा बालिको पुत्र अंगदलाई युवराजको पद दिए।[३]

राज्य प्राप्ति पछि सुग्रीव विलासमा लिप्त भए र वर्षा तथा शरद् ऋतु व्यतीत भयो। रामको निराशा व्यक्त गरेपछि सुग्रीवले वानर सेनालाई सीताको खोजमा पठाए। सीताको खोजमा गएका बानरको भेट एक गुफामा एक तपस्विननी सँग भयो। तपस्विनीले खोज दललाई योगशक्तिबाट समुद्रतट मा पुर्याए जहाँ उनीहरूको भेट सम्पाती सँग भयो। सम्पातीले वानर सेनालाई रावणले सीतालाई लंकाको अशोकवाटिकामा राखेको कुरा बतायो। जाम्बवन्तले हनुमानलाई समुद्र नाघ्न सुझाव दिए।

सुन्दर काण्ड[सम्पादन गर्नुहोस्]

हनुमान लंका तर्फ प्रस्थान गरे। सुरसाले हनुमानको परीक्षा लिए[४] र उनलाई योग्य तथा सामर्थ्यवान पाएर आशीर्वाद दिए। बाटोमा हनुमानले छाया समाउने राक्षसीको वध गरे र लंकिनीमा प्रहार गरी लङ्का प्रवेश गर्‍। उनको भेट विभीषणसँग भयो। जब हनुमान अशोकवाटिकामा पुगे तब रावण सीतालाई धम्काइरहेका थिए। रावण गएपछि त्रिजटाले सीतालाई सान्तवना दिइन्।। एकान्त भएपछि हनुमानले सीतासँग भेटी उनलाई रामको मुद्रिका दिए। हनुमानले अशोकवाटिका विध्वंस गरी रावणका पुत्र अक्षय कुमारको बध गरे। मेघनाथले हनुमानलाई नागपाशले बाँधी रावणको सभामा लगे।[५] रावणको प्रश्नको उत्तरमा हनुमानले आफ्नो परिचय रामको दूतको रूपमा दिए। रावणले हनुमानको पुच्छरमा तेलमा डुबाइएको कपडा बाँधी आगो लगाईदिए। त्यसपछि हनुमानले लङ्काको दहन गरे।[६]

हनुमान त्यसपछि सीता भको ठाउँमा पुगे। सीताले आफ्नो चूडामणि दिएर उनको विदाई गरे। हनुमान समुद्र पार गरेर सबै वानर सँग मिले र सबै जना सुग्रीव ब्भएको स्थानमा गए। हनुमानको कामबाट राम अत्यन्त प्रसन्न भए। राम वानरसेना को साथमा समुद्रतटमा पुगे। उता विभीषणले रावणलाई रामसँग दुश्मनी नगर्न सम्झाए तर रावणले विभीषणलाई अपमानित गरी लंका बाट देश निकाला गरे। विभीषण रामको शरणमा आए र रामले उनलाई लंकाको राजाको मान्यता दिए। रामले समुद्रको देवता सँग मार्ग दिन बिन्ती गरे। समुद्र ले बिन्ती नमान्दा रामले क्रोधित भए र उनको क्रोधबाट भयभित भएर समुद्रले स्वयं आएर रामको बिन्ती पश्चात् नलनील द्वारा पुल बनाउने उपाय बताए।

युद्द काण्ड[सम्पादन गर्नुहोस्]

जाम्बवन्तको आदेशमा नल-नील दुई भाइले वानर सेना को मद्दतले समुद्रमा पुल बनाए। [७]रामले श्री रामेश्वरको स्थापना गरी भगवान शंकरको पूजा गरे र सेना सहित समुद्र पार गरे। समुद्र पार गरि रामले डेरा बसाए। पुल बंध जाने र रामले समुद्र पार गरेको समाचार सुनेर रावण मन अत्यन्त व्याकुल भयो। मन्दोदरीले रावणलाई रामसँग दुश्मनी नगर्न सम्झाए पनि रवणको अहंकार गएन। राम आफ्नो वानरसेनाको साथमा सुबेल पर्वतम बस्न थाले। अंगद रामको दूत बनेर लंकामा रावणको सभामा गए र उनलाई रामको शरणमा आउनको लागि सन्देश दिए तर रावणले अस्वीकार गरे।

शान्तिको सबै प्रयास असफल भएपछि युद्ध आरम्भ भयो। लक्ष्मण र मेघनाद बीच मध्य घोर युद्ध भयो। शक्तिबाण को प्रहारबाट लक्ष्मण मूर्छित भए। उनको उपचारको लागि हनुमान सुषेण वैद्यलाई लिएर आए र संजीवनी ल्याउनको लागि हिडे। गुप्तचरबाट समाचार मिल्दा रावणले हनुमानको काममा बाधा को लागि कालनेमिलाई पठाए। हनुमानले कालनेमिको बध गरे। औषधिको पहचान गर्न नसकेकाले हनुमानले सिँगै पहाड उठाएर लगे। बाटोमा हनुमानलाई राक्षस सम्झेर भरतले बाण प्रहार गरि घायल बनाए तर वास्तविकता जाने पछि आफ्नो बाण मा बैठा गरि लंका पठाए। उता औषधि लिन गरेको हनुमान आउन ढिलो भएको देखि राम अलाप विलाप गर्न लागे। हनुमानले पहाड नै बोकेर ल्याएपछि सुषेण बैद्यको उपचारबाट स्वस्थ भए। [८]

रावणले युद्धको लागि कुम्भकर्णलाई जगाए। कुम्भकर्णले पनि रावणलाई रामको शरणमा जानको लागि सुझाव दिए तर रावण मानेनन्। युद्धमा कुम्भकर्णले राम द्वारा परमगति प्राप्त गरे। लक्ष्मणले मेघनादलाई युद्ध गरि बध गरे। राम र रावण बीच घोर युद्ध भयो र अन्तमा रामद्वारा रावणको बध भयो। [९] विभीषणलाई लंकाको राज्य सुम्पेर राम, सीता र लक्ष्मण पुष्पकविमानमा चढी अयोध्या तर्फ प्रस्थान गरे।[१०]

उत्तर काण्ड[सम्पादन गर्नुहोस्]

उत्तरकाण्ड राम कथाको उपसंहार हो। सीता, लक्ष्मण र समस्त वानरसेनाको साथमा राम अयोध्या फिर्ता भए। रामको भव्य स्वागत भयो, भरतसहित सर्वजनमा आनन्द व्याप्त भयो। वेद र शिवको स्तुति सँगै रामको राज्याभिषेक भयो। अभ्यागतको बिदाई गरियो। रामले प्रजालाई उपदेश दिए र प्रजाहरूले कृतज्ञता प्रकट गरे। चार जना भाइहरूको नै दुई दुई जना पुत्र जन्मिए। रामराज्य एक आदर्श बन्यो।

उपरोक्त कथा सँगै गोस्वामी तुलसीदास जी ले उत्तरकाण्ड मा श्री राम-वशिष्ठ संवाद, नारद मुनि अयोध्या आएर रामचन्द्रको स्तुति गरेको, शिव-पार्वती संवाद, गरुड मोह तथा गरुडको काकभुशुण्डि जी सँग रामकथा एवं राम-महिमा सुनाएको, काकभुशुण्डि जी को पूर्वजन्मको कथा, ज्ञान-भक्‍ति निरूपण, ज्ञानदीपक र भक्‍तिको महान महिमा, गरुडको सात प्रश्‍न र काकभुशुण्डि जी को उत्तर आदि विषयक पनि विस्तृत वर्णन गरेका छन्।

तुलसीदास जी ले उपरोक्त वर्णन लेखी रामचरितमानसको अन्त्य गरेका छन् भबे आदिकवि वाल्मीकि आफ्ननो रामायण उत्तरकाण्डमा रावण तथा हनुमानको जन्मको कथा ,[११] सीता का निर्वासन,[१२] राजा नृग, राजा निमि, राजा ययाति तथा रामराज्यमा कुकुरको न्यायको उपकथा,[१३] लवकुशको जन्म,[१४] राम द्वारा अश्वमेघ यज्ञ को अनुष्ठान तथा त्यस यज्ञमा उनका पुत्राहरू लव तथा कुश द्वारा महाकवि वाल्मीकि रचित रामायण गायन, सीताको रसातल प्रवेश,[१५] लक्ष्मण का परित्याग,[१६] को पनि वर्णन गरिएको छ। वाल्मीकि रामायणमा उत्तरकाण्डको समापन रामको महाप्रयाण पश्चात् भएको छ।[१७]

सिख संस्करण

सिख धर्मको सबैभन्दा पवित्र धर्मग्रन्थ गुरु ग्रन्थ साहिबमा दुई प्रकारको रामायणको वर्णन छ। एउटा आध्यात्मिक रामायण हो जुन गुरु ग्रन्थ साहिबको वास्तविक विषय हो, जसमा रावण अहंकार, सीता बुद्धी (बुद्धि), राम भित्री आत्म र लक्ष्मण मानिस (ध्यान, मन) हुन्। गुरु ग्रन्थ साहिबले दशावतारको अस्तित्वमा पनि विश्वास गर्दछ जो आफ्नो समयका राजाहरू थिए जसले संसारमा व्यवस्था पुनर्स्थापित गर्न सक्दो प्रयास गरे। राजा राम (रामचन्द्र) गुरु ग्रन्थ साहिबमा कभर नभएका मध्ये एक थिए। गुरु ग्रन्थ साहिब भन्छन्:

कला र संस्कृतिमा प्रभाव[सम्पादन गर्नुहोस्]

विभिन्न संस्करणमा[सम्पादन गर्नुहोस्]

भारत[सम्पादन गर्नुहोस्]

= नेपाल[सम्पादन गर्नुहोस्]

बौद्ध[सम्पादन गर्नुहोस्]

सिख[सम्पादन गर्नुहोस्]

जैन[सम्पादन गर्नुहोस्]

एसिया[सम्पादन गर्नुहोस्]

हिन्दु संस्कारमा[सम्पादन गर्नुहोस्]

चलचित्र र नाट्य क्षत्रमा[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "राम नवमी", bbc.co.uk 
  2. २.० २.१ CANTO LXVII.: THE BREAKING OF THE BOW., sacredtexts.com, अन्तिम पहुँच २५ जनवरी २०१६ 
  3. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 634-638
  4. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 658-659
  5. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 668-672
  6. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 678-679
  7. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 709-711
  8. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 751-759
  9. ‘रामचरितमानस’, टीकाकार: हनुमानप्रसाद पोद्दार, प्रकाशक एवं मुद्रक: गीताप्रेस, गोरखपुर पृष्ठ 802-807
  10. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 455-459
  11. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 463-475
  12. ‘वाल्मीकीय रामायण’‘, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 480-483
  13. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 485-491
  14. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 495-496
  15. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 508-512
  16. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 515-518
  17. ‘वाल्मीकीय रामायण’, प्रकाशक: देहाती पुस्तक भंडार, दिल्ली पृष्ठ 518-520

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]