काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाण्डौबाट अनुप्रेषित)
काठमाडौँ
कान्तिपुर, नेपाल मण्डल, येँ
काठमाडौँ महानगरपालिका
काठमाडौँको झण्डा
आदर्श वाक्य(हरू): 
साँस्कृतिक सहर, काठमाडौँ महानगर
काठमाडौँ is located in बागमती प्रदेश
काठमाडौँ
काठमाडौँ
काठमाडौँ is located in नेपाल
काठमाडौँ
काठमाडौँ
काठमाडौँ is located in एसिया
काठमाडौँ
काठमाडौँ
निर्देशाङ्क: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°E / 27.7172; 85.3240निर्देशाङ्कहरू: २७°४३′०२″N ८५°१९′२६″E / २७.७१७२°N ८५.३२४०°E / 27.7172; 85.3240
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापनाअज्ञात
राजधानीवि.सं. १८२६ चैत १०[१][२]
सफाई अड्डा[३]वि.सं. १९७६ पुस २ (सवाल सनद् बमोजिम भोटाहिटीमा गठन)[४][५]
म्युनिसिपालिटीवि.सं. २००३ फागुन २[४][६]
नगरपालिकावि.सं. २०१० भदौ १७[७]
महानगरपालिकावि.सं. २०५२ मङ्सिर २९[८]
संस्थापकमञ्जुश्री (स्वयम्भू पुराण अनुसार)[९]
वडा सङ्ख्या३२
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गकाठमाडौँ महानगरपालिका
 • नगरप्रमुखबालेन शाह (स्वतन्त्र)
 • उपप्रमुखसुनिता डंगोल (नेकपा (एमाले))
क्षेत्रफल
 • राजधानी४९.४५ किमी (१९.०९ वर्ग माइल)
 • महानगर
८९९ किमी (३४७ वर्ग माइल)
उन्नतांश
१,४०० मिटर (४६०० फिट)
जनसङ्ख्या
 • राजधानी९७५४५३
 • क्रमपहिलो
 • घनत्व२००००/किमी (५१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४४६०८८
क्षेत्रीय सङ्केत०१
वेबसाइटकाठमाडौँ.गव.एनपी

काठमाडौँ नेपालको सङ्घीय राजधानी र नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो।[११] यो महानगर बागमती प्रदेश तथा मध्य नेपालको अग्लो पठारको रूपमा रहेको काठमाडौँ उपत्यकामा १,४०० मिटर (४,६०० फिट) को उचाइमा अवस्थित छ। यो भारतको श्रीनगर सहरपछि हिमालय पहाडी क्षेत्रमा अवस्थित दोस्रो ठुलो सहर हो र हिमालय पहाडी क्षेत्रको सबैभन्दा ठुलो महानगरीय क्षेत्र हो। वि.सं. २०६८ को जनगणना अनुसार यो महानगरको कुल जनसङ्ख्या ९,७५,४५३ रहेको छ।[१२]

प्रागऐतिहासिक इतिहास भएको यो नगर ईशा पूर्व दोस्रो शताब्दीमा स्थापना भएको र विश्वको सबैभन्दा पुरानो निरन्तर बसोबास गर्ने ठाउँहरू मध्येको एक हो।[१३][१४] यो उपत्यकालाई ऐतिहासिक रूपमा "नेपाल मण्डल" र मध्यकालमा "कान्तिपुर" भनिन्थ्यो।[१५] यो उपत्यका प्राचीन कालदेखि नेवार मानिसहरूको मूल घरको रूपमा रहेको छ।[१६] हिमालयको फेदमा रहेको सर्वदेशीय सहरी सभ्यता बोकेको यो सहर नेपाल अधिराज्यको राजधानी र नेपालका कुलीन वर्गका दरबार, महल र बगैँचाहरूद्वारा सुसज्जित छ। यो सहरमा सन् १९८५ देखि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको मुख्यालय रहेको छ।

काठमाडौँ धेरै वर्षदेखि नेपालको इतिहास, कला, संस्कृति र अर्थतन्त्रको केन्द्रको रूपमा रहँदै आएको छ।[१७] यो महानगर क्षेत्रमा बहु-जातीय मानिसहरूको बसोबास रहेता पनि हिन्दुबौद्ध धर्मावलम्बीहरू बहुसङ्ख्यक छन्।[१८][१९] धार्मिक र सांस्कृतिक चाडपर्वहरू काठमाडौँमा बसोबास गर्ने मानिसहरूको जीवनको एक प्रमुख हिस्सा हो।[२०] यो नगरको अर्थतन्त्रको महत्वपूर्ण भाग पर्यटन हो। सन् २०१९ मा ट्रिपएडभाइजरद्वारा विश्वको शीर्ष पच्चीस पर्यटकीय गन्तव्यहरूको सूचीमा काठमाडौँ १९औँ स्थानमा थियो।[२१] यस सहरलाई नेपाली हिमालयको प्रवेशद्वार मानिन्छ र विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथपशुपतिनाथ यो सहरको ऐतिहासिकता तथा सुन्दरतालाई शोभामान बनाइरहेको छ।

काठमाडौँ , नेपाल

इतिहासका विभिन्न कालखण्डमा विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकीकरण कालदेखि नेपालको राजधनीको रूपमा रहेको छ।[२२] पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खाली सेनाले काठमाडौँ उपत्यका विजय गरेपछि वि.सं. १८२६ चैत १० मा यो नगरलाई राजधानी बनाएका थिए। देशको राजधानी रहेकै कारण यो सहरमा राष्ट्रपति निवास, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय तथा मन्त्रालयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू लगायत उल्लेखनीय सङ्ख्यामा सरकारी तथा निजी रेडियोहरू र समाचार संस्थाहरू रहेका छन्। नेपाली सेनाको केन्द्रीय कार्यालय जङ्गी अड्डा, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यसै नगरमा रहेका छन्।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

काठमाडौँलाई आदिवासी नेपाल भाषामा 'येँ' भन्ने गरिन्छ।[२३] काठमाडौँको नेपाली नाम काठमाडौँ दरबार क्षेत्रमा रहेको 'काष्ठमण्डप'बाट आएको हो।[२४] संस्कृत भाषामा काष्ठको अर्थ 'काठ' र मण्डपको अर्थ 'देवपूजा गर्ने स्थान' हुन्छ। यो सार्वजनिक मण्डपलाई नेपाल भाषामा 'मरसतः' पनि भनिन्छ जसलाई मल्लकालीन राजा लक्ष्मीनरसिंह मल्लको पालामा बिसेत[२५] नामक व्यक्तिले सन् १५९६ मा पुनर्निर्माण गरेका थिए।[२६] तीन तले यो संरचना पूर्णतया काठले बनेको थियो र यसमा कुनै फलामको कील वा कुनै समर्थन प्रयोग गरिएको थिएन।[२७] पौराणिक कथा अनुसार यस मण्डपको प्यागोडा निर्माण गर्न प्रयोग गरिएको सबै काठ एउटै रूखबाट प्राप्त भएको थियो।[२८] वि.सं. २०७२ सालमा नेपालमा गएको ठुलो भूकम्पमा यस मण्डपको संरचना भत्किएको थियो।[२९][३०]

२०औँ शताब्दीको अन्तमा लेखिएका पुरानो पाण्डुलिपिहरूको पुष्पिका नेपाल मण्डलमा काठमाडौँलाई काष्ठमण्डप महानगर भनेर सम्बोधन गरिएको छ।[३१] महानगरको अर्थ 'महान सहर' हुने गर्छ। यो सहरलाई हालसम्म पनि बौद्ध भिक्षु तथा पुजारीहरूले काष्ठमण्डप नै भन्ने गरेका छन्। यसैकारण काठमाडौँलाई काष्ठमण्डप पनि भन्ने गरिन्छ। मध्ययुगमा यो सहरलाई 'कान्तिपुर' पनि भनिन्थ्यो।[३२] यो नाम दुई संस्कृत शब्द 'कान्ति' र 'पुर' बाट आएको हो। कान्ति शब्दको अर्थ 'सौन्दर्य' हुन्छ र प्रायः प्रकाशसँग सम्बन्धित छ तथा पुरको अर्थ 'ठाउँ' हुन्छ यसैले यो सहरले 'प्रकाशको सहर' भन्ने अर्थ दिन्छ।

आदिवासी नेवार समुदायले, काठमाडौँलाई 'येँ देश' तथा पाटनभक्तपुरलाई क्रमशः 'यल देश' र 'ख्वप देश' भन्ने गर्छन्।[३३] 'यम्बु' शब्दको छोटो रूप 'येँ' हो, जसले मूलतः काठमाडौँको उत्तरी आधा भागलाई बुझाउने गर्छ। काठमाडौँको पुरानो उत्तरी बस्तीलाई 'याम्बी' र दक्षिणी बस्तीलाई 'यँगाल' भनेर चिनिन्थ्यो।

इतिहास[सम्पादन गर्नुहोस्]

काठमाडौँका केही भागमा पुरातात्विक उत्खननले प्राचीन सभ्यताका प्रमाण फेला पारेको छ। विभिन्न कालखण्डमा गरिएका उत्खननबाट प्राप्त प्राचीन बस्तुहरू मध्ये मालिगाउँबाट प्राप्त एक मूर्तिमा सन् १८५ उल्लेख रहेको छ।[३४] चाबहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्यको उत्खननले ब्राह्मी लिपिमा शिलालेख भएको इँटा फेला परेको थियो। पुरातत्वविदहरूका अनुसार यो दुई हजार वर्ष पुरानो हुने सम्भावना रहेको छ।[३५] ढुङ्गाका शिलालेखहरू सम्पदा स्थलहरूमा सर्वव्यापी तत्व हुन् र नेपालको इतिहासका प्रमुख स्रोत हुन्।

सन् १६२८ को वसन्त ऋतुमा पुर्तगाली रोमन पादरी होआओ काब्राल काठमाडौँ उपत्यका भएर गएको र नेपाल अधिराज्यको राजधानी काठमाडौँ रहेको आफ्नो यात्रा वृतान्तमा वर्णन गरेका थिए[३६] र त्यस समयमा सम्भवतः काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लले उनलाई तिब्बतबाट भारत जाँदै गर्दा कृपापूर्वक स्वागत गरेका थिए।[३७] पुरातात्विक रूपले काठमाडौँमा मानव वस्ती धेरै प्राचीन समयदेखि रहेको पाइन्छ।[३८] काठमाडौँमा नवपाषाण युगका अवशेषहरू भेट्टाइएका छन्।[३९][४०]

प्राचीन काल[सम्पादन गर्नुहोस्]

काठमाडौँ नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ, परम्परागत मिथक, किंवदन्ती तथा वंशावलीहरूबाट प्राप्त गर्न सकिन्छ। नेपालको प्रमुख प्राचीन ग्रन्थ स्वयम्भू पुराणका अनुसार वर्तमान काठमाडौँमा कुनै समय नागदह नामको विशाल र गहिरो ताल सर्पले भरिएको थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरेपछि दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिएका थिए।[४१] त्यसपछि उनले 'मञ्जुपट्टन'[४२] नामक सहर स्थापना गरे र धर्मकारलाई उपत्यकाको शासक बनाएर आफू चीनतर्फ लागेका थिए। केही समयपछि बाणासुर नामक राक्षसले नाका बन्द गरिदिए र उपत्यका फेरि तालमा परिणत भयो। त्यसपछि भगवान कृष्ण नेपाल आएर बाणासुरलाई मारेर फेरि पानी निकालेका थिए। उनले केही गोपालहरूलाई साथमा ल्याए र भुक्तमानलाई नेपालको राजा बनाएका थिए।[४३][४४]

शिव पुराणको कोटिरुद्र संहिता, अध्याय ११, श्लोक १८ ले पशुपति शिवलिङ्गका लागि प्रख्यात रहेको 'नयाँपाल सहर' भनेर उल्लेख गरेको छ।[४५] नेपाल नामको उत्पत्ति सायद यसै नयाँपाल सहरबाट भएको भन्ने विश्वास गरिन्छ।

मध्यकालीन लिच्छवी शासकहरू अघिको अवधिको धेरै थोरै ऐतिहासिक अभिलेखहरू पाइएका छन्। नेपाली राजतन्त्रको वंशावली गोपाल राजवंशावलीका अनुसार लिच्छवि कालभन्दा पहिले काठमाडौँ उपत्यकाका शासकहरू गोपाल, महिषपाल, अभीर, किराँत र सोमवंशी थिए। किराँत राजवंश यलम्बरद्वारा स्थापित भएको थियो। किराँतकालमा पुरानो काठमाडौँको उत्तरी भागमा याम्बु नामको बस्ती थियो। चिनियाँ-तिब्बती भाषा परिवारका केही भाषाहरूमा अझै पनि काठमाडौँलाई याम्बु भनिन्छ। काठमाडौँको दक्षिणी भागमा 'मञ्जुपट्टन' नजिक यँगाल भनिने अर्को सानो प्राचीन बस्ती रहेको थियो।[४६][४७] सातौं किराँती शासक जितेदास्तीको पालामा बौद्ध भिक्षुहरू काठमाडौँ उपत्यकामा प्रवेश गरे र साँखुमा वन विहार स्थापना गरेका थिए।[४८] लुम्बिनीमा शाक्य वंशमाथि विरुढकद्वारा आक्रमण भएपश्चात् बचेका शाक्य र कोलियहरूको आगमन पश्चात काठमाडौँमा रहेका बस्तीहरूको नाम 'यम्बु'बाट कोलिग्राम र 'यँगाल'बाट दक्षिण कोलिग्राममा परिवर्तन भएको थियो।[४९][५०]

लिच्छवि काल[सम्पादन गर्नुहोस्]

भारतीय गङ्गाको मैदानबाट लिच्छविहरू उत्तरमा बसाइँ सरेपछि किराँतहरूलाई पराजित गर्दै लगभग सन् ४०० मा लिच्छवि राजवंशको स्थापना गरेका थिए।[५१] यस युगको समयमा लुम्बिनीमा विरुढकद्वारा शाक्यहरूको नरसंहार पछि उक्त युद्धबाट बाँचेकाहरू उत्तरतिर बसाइँ सरेका थिए भने कोलियको रूपमा लुकेर वन मठमा प्रवेश गरेका थिए। साँखुबाट उनीहरू यम्बु र यँगाल (लञ्जगवाल र मञ्जुपट्टन) गएर काठमाडौँको पहिलो स्थायी बौद्ध विहारको स्थापना गरेका थिए। यसले नेवार बौद्ध धर्मको आधार सृजना गरेको थियो[५२], जुन संसारमा एकमात्र जीवित संस्कृत आधारित बौद्ध परम्परा हो। तिनीहरूको प्रवाससँगै लिच्छवि युगको अधिकांश समय 'यम्बु'लाई कोलिग्राम भनिन्थ्यो र 'यँगाल'लाई दक्षिण कोलिग्राम भनिन्थ्यो।

अन्ततः लिच्छवि शासक गुणकामदेवले कोलिग्राम र दक्षिण कोलिग्रामलाई विलय गरी काठमाडौँ सहरको स्थापना गरेका थिए।[५३][५४] यो सहर मञ्जुश्रीको तरवार चन्द्रह्रासको आकारमा डिजाइन गरिएको थियो। यो सहर अजिमाहरूद्वारा संरक्षित आठ ब्यारेकहरूले घेरिएको थियो।[५५] यी मध्ये एउटा ब्यारेक अहिले पनि भद्रकाली (सिंहदरबार अगाडि) प्रयोगमा रहेको छ।[५६] यो सहरले भारततिब्बतबीचको व्यापारमा महत्वपूर्ण नाका बिन्दुको रूपमा सेवा गरेको थियो, जसले वास्तुकलाको क्षेत्रमा अत्यधिक वृद्धि गर्न सफल भएको थियो। मानगृह, कैलाशकूट भवन, भद्राधिवास भवन[५७] जस्ता भवनहरूको विवरण यस युगमा बस्ने यात्रु र भिक्षुहरूको संरक्षित तथा प्रकाशमा आएका यात्रा दस्तावेजहरूमा पाइन्छ।[५८][५९] उदाहरणको लागि, ७औँ शताब्दीमा प्रसिद्ध चीनी यात्री ह्वेन साङले लिच्छवि राजा अंशुवर्माको कैलाशकूट भवनको बारेमा वर्णन गरेका थिए। यो ऐतिहासिक व्यापारिक मार्गले दुवै क्षेत्रहरूबीच सांस्कृतिक आदानप्रदान पनि भएको थियो। काठमाडौँ उपत्यकाका आदिवासी बासिन्दाहरूको रूपमा रहेका नेवारहरूको कलात्मकता यस युगमा, उपत्यका भित्र र बृहत् हिमालय क्षेत्रभरि फैलिएको थियो।[६०] नेवार कलाकारहरूले आफ्ना छिमेकीहरूका लागि धार्मिक कला सिर्जना गर्दै एसियाभर व्यापक रूपमा यात्रा गरेका थिए। उदाहरणको लागि, अरनिकोले तिब्बत र चीन हुँदै आफ्ना स्वदेशी कलाकारहरूको समूहको नेतृत्व गरेका थिए।[६१] तिब्बती सम्राट स्रोङ्चन गम्पोसँग विवाह गर्ने नेपालकी राजकुमारी भृकुटीले तिब्बतमा बुद्ध धर्मको परिचय गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।[६२]

मल्ल काल[सम्पादन गर्नुहोस्]

लिच्छवि कालको अन्त्यपछि नेपाल अधिराज्यमा मल्ल कालको प्रारम्भ भएको थियो।[६३][६४] मल्ल कालको पहिलो राजाको रूपमा अरि मल्ललाई मानिन्छ।[६५] दिल्लीको मुगल शासकले नेपालको दक्षिणी भागमा रहेको तिरहुत राज्यमा आक्रमण गरेपछि तिरहुतका शासकहरू उत्तरतर्फ काठमाडौँ उपत्यकातिर भागेर आएका थिए।[६६] उनीहरूले नेपाली राजपरिवारसँग अन्तरविवाह गरेपछि यसले मल्ल युगको नेतृत्व गरेको थियो।[६७][६८] मल्ल युगको आरम्भमा खसतुर्क मुस्लिमहरूको आक्रमणले गर्दा यसको इतिहास उथलपुथल रहेको देखिन्छ।[६९] वि.सं. १३१० सालमा नेपालमा आएको विनाशकारी भूकम्पले तत्कालीन राजा अभय मल्लसहित काठमाडौँ उपत्यकाको एक तिहाई जनसङ्ख्याको ज्यान लिएको थियो।[७०] यी प्रकोपहरूले लिच्छवि युगको अधिकांश वास्तुकला (जस्तै मानगृह र कैलाशकूट भवन) को विनाश भएको थियो भने सहर भित्रका विभिन्न गुम्बाहरूमा सङ्कलन गरेर राखिएका साहित्यको क्षति भएको थियो। प्रारम्भिक कठिनाइहरूलाई छिचोल्दै काठमाडौँले पुन: आफ्नो लोकप्रियता कायम गर्न सफल भएको थियो। मल्ल युगको अधिकांश समयमा काठमाडौँले भारत र तिब्बतबीचको व्यापारमा प्रभुत्व जमाएको थियो। नेपाली मुद्रा बृहत् हिमालय क्षेत्रको व्यापारमा मानक मुद्रा बनेको थियो।[७१]

मल्ल युगको उत्तरार्धमा, काठमाडौँ उपत्यकाभित्र चार सुदृढ सहरहरू कान्तिपुर, ललितपुर, भक्तपुर र कीर्तिपुर समावेश गरेको थियो। यी चारै सहरहरूले त्यस ताका नेपालमा राज्य गरिरहेको मल्ल महासङ्घको राजधानीको रूपमा सेवा गरेका थिए। यी सहररूले कला, वास्तुकला, सौन्दर्यशास्त्र र व्यापारमा एक-अर्कासँग प्रतिस्पर्धा गर्दै विकासको बाटो खोलेका थिए।[७२] यस अवधिका राजाहरूले सार्वजनिक भवनहरू, दरबार क्षेत्रहरू र मन्दिरहरूको निर्माण, साथै जलस्रोतहरूको विकास, गुठीहरूको संस्थागतीकरण, कानूनको संहिताकरण, नाटक लेखन तथा सहरका चोकहरूमा नाटकहरूको प्रदर्शनमा उल्लेखनीय योगदान गरेका थिए।[७३] भारत, तिब्बत, चीन, फारसयुरोप लगायतका ठाउँबाट विचारधाराको आगमन भएको प्रमाण राजा प्रताप मल्ल पालाको ढुङ्गाको शिलालेखमा पाइन्छ।[७४][७५] यस युगबाट तिनीहरूको तान्त्रिक परम्परा (जस्तै तान्त्रख्यान), चिकित्सा (जस्तै हरमेखला), धर्म (जस्तै मूलदेवशाशिदेव), कानून, नैतिकता र इतिहासको वर्णन गर्ने पुस्तकहरू फेला परेका छन्। सन् १३८१ मा लेखिएको संस्कृत-नेपाल भाषाको शब्दकोश अमरकोश पनि फेला परेको छ।[७६] यस युगका वास्तुकलाका रूपमा उल्लेखनीय भवनहरूमा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, कीर्तिपुरको पुरानो दरबार, न्यातपोल, पचपन्नझ्याले दरबार[७७], कुम्भेश्वर, कृष्ण मन्दिर र अन्य समावेश छन्।[७८]

मध्यकालिक युग[सम्पादन गर्नुहोस्]

प्रारम्भिक शाह काल[सम्पादन गर्नुहोस्]

वि.सं. १८२५ सालमा काठमाडौँको युद्धपछि गोरखा राज्यले मल्ल सङ्घको अन्त्य गरेको थियो।[७९] यसले काठमाडौँमा आधुनिक युगको सुरुवात गरेको थियो।[८०] कीर्तिपुरको युद्धमा गोरखाली सेनाको विजय नै काठमाडौँ उपत्यकामाथि गोरखालीहरूको विजयको सुरुवात थियो। काठमाडौँ उपत्यकाको विजय पश्चात् गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँलाई नेपालको राजधानी बनाएका थिए।[८१] यस युगको प्रारम्भिक अवधिमा, काठमाडौँले आफ्नो विशिष्ट संस्कृतिलाई कायम राखेको थियो। वसन्तपुरको नौ तले धरहरा जस्ता विशेषत: नेपाली वास्तुकला भएका भवनहरू यस युगमा निर्माण भएका थिए। यसका साथै यस कालका शासकहरूले आफ्नो भूभागलाई जोगाउँदै सीमा विस्तार गर्ने अभिप्राय राखेका थिए।[८२] अस्थिर राजनीतिक अवस्था र नेपालको छिमेकी राष्ट्रहरूसँगको निरन्तर युद्धका कारण यो कालमा व्यापारमा अत्यधिक गिरावट देखिएको थियो। भीमसेन थापाले ग्रेट ब्रिटेनविरुद्ध फ्रान्सलाई समर्थन गरेका थिए जसले काठमाडौँमा आधुनिक सैन्य ब्यारेकहरू सहित आधुनिक सैन्य संरचनाहरूको विकास भएको थियो।[८३]

राणा शासन काल[सम्पादन गर्नुहोस्]

वि.सं. १९०३ भदौ ३१ गते हनुमानढोका दरबार नजिकै भएको कोत पर्वबाट नेपालमा राणा शासन सुरु भएको थियो।[८४] यस नरसंहारका क्रममा जङ्गबहादुर राणा र उनका समर्थकहरूले नेपालका अधिकांश उच्च पदस्थ अधिकारीहरूको हत्या गरेका थिए।[८५] कोत पर्व लगत्तै नेपालको अर्को चर्चित काण्ड, भण्डारखाल पर्व पनि काठमाडौँमा कुँवर र उनका समर्थकहरूले गराएका थिए।[८६] राणा शासनको समयमा, काठमाडौँको गठबन्धन ब्रिटिस विरोधीबाट ब्रिटिस समर्थकमा सरेको थियो।[८७] यसै समर्थन तथा प्रभावका कारण पश्चिमी युरोपेली वास्तुकलाको शैलीमा काठमाडौँस्थित भवनहरूको निर्माण गर्न नेतृत्व गरेको थियो। यीमध्ये सबैभन्दा चर्चित भवनहरूमा सिंहदरबार, स्वप्न बगैँचा, शितल निवास र पुरानो नारायणहिटी दरबार पर्छन्। काठमाडौँ उपत्यकाको पहिलो आधुनिक व्यापारिक सडक ‘न्युरोड’ पनि यही कालखण्डमा बनेको थियो। त्रिचन्द्र कलेज (नेपालको पहिलो कलेज), दरबार हाई स्कुल (नेपालको पहिलो आधुनिक विद्यालय) र वीर अस्पताल (नेपालको पहिलो अस्पताल) यस युगमा काठमाडौँमा बनेका थिए।[८८] यस युगमा शिक्षा भने विशेषाधिकार प्राप्त वर्गको लागि मात्र पहुँचयोग्य थियो। राणा शासन काललाई निरङ्कुश, आर्थिक शोषण र धार्मिक उत्पीडनद्वारा चिह्नित गर्ने गरिन्छ।[८९]

भूगोल[सम्पादन गर्नुहोस्]

काठमाडौँ उपत्यकाको उत्तरपश्चिमी भाग र बागमती नदीको उत्तरमा रहेको काठमाडौँ सहरले ५०.७ किमी (१९.६ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। समुद्र सतहदेखि यसको औसत उचाइ १,४०० मिटर (४,६०० फिट) रहेको छ। काठमाडौँ उपत्यकाभित्र रहेका अन्य नगरपालिकाहरूले यो सहरसँग सीमा साझा गर्दछ। यो सहरलाई बागमती नदीको दक्षिणमा रहेको ललितपुर महानगरपालिकाले रिङरोडले घेरिएको एउटा सहरी क्षेत्र बनाउँछ भने दक्षिणपश्चिममा कीर्तिपुर नगरपालिका र पूर्वमा मध्यपुर थिमी नगरपालिकाले गरेको छ। यसै प्रकार यो सहरको उत्तरमा नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वरकागेश्वरी मनोहरा नगरपालिका रहेका छन्। यद्यपि, सहरी परिवेश र व्यवस्थापन यसको छिमेकी नगरपालिका भक्तपुरसम्म फैलिएको छ र यसले लगभग सम्पूर्ण काठमाडौँ उपत्यकालाई समेट्ने गर्छ।

स्वयम्भूबाट देखिएको काठमाडौँ उपत्यकाको प्यानोरेमिक दृश्य

उपत्यकाको मुख्य नदीको रूपमा रहेको बागमती र यसका सहायक नदीहरू, जसमध्ये विष्णुमती, धोबीखोला, मनोहरा खोला, हनुमन्ते खोला र टुकुचा खोला प्रमुख छन्। यी उपत्यकाका आठ नदीहरूले काठमाडौँलाई विच्छेद गरेको छ। यी नदीहरू १,५००–३,००० मिटर (४,९००–९,८०० फिट) को उचाइबाट उत्पत्ति हुन्छन् र नदीसँगै रहेका डाँडाहरूले काठमाडौँ र यसको उपत्यकाबाट पहुँच प्रदान गर्दछ। कुनै समय नागार्जुन पहाडबाट बालाजुहुँदै काठमाडौँसम्म एउटा पुरानो नहर बगेको थियो जुन हाल आएर लोप भइसकेको छ।

काठमाडौँ सहर र वरपरका उपत्यकाहरू 'पर्णपाती मनसुनी वन क्षेत्र' (१,२००–२,१०० मिटर (३,९००–६,९०० फिट)) को उचाइमा छन्, जुन नेपालका लागि परिभाषित पाँच वनस्पति क्षेत्रहरू मध्ये एक हो। यस क्षेत्रमा उम्रिने प्रमुख रूखका प्रजातिहरूमा कटुस लगायतका रुख र उच्च उचाइमा कोणधारी रूखहरू पाइने गर्छन्।

काठमाडौँ प्रशासन[सम्पादन गर्नुहोस्]

देशको राजधानीको रूपमा रहेको काठमाडौँमा स्थानीय प्रशासनको आरम्भ तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले गरेका थिए। 'ए श्रेणी'का राणा तथा शासकवर्गहरू हिड्ने बाटो सफा तथा व्यवस्थित गर्नुपर्ने अभिप्रायले गर्दा उनले वि.सं. १९७६ पुस २ गते सवाल सनद जारी गर्दै खड्ग निशान लगाएर भोटाहिटीमा सफाई अड्डाको स्थापना गरेका थिए।[९०][४] सफाई अड्डाको प्रशासनिक व्यवस्थापनमा रैती दुनियाँबाट सात जना भलादमी सदस्यहरू र तत्कालीन राणा सरकारका तर्फबाट चेयरम्यान, भाइस चेयरम्यान, इन्जिनियर र म्युनिसिपालिटी हाकिम गरेर ११ जनाको समिति बनाएका थिए।[५] नेपालमा यसलाई नै स्थानीय प्रशासन विकेन्द्रीकरणको पहिलो प्रयास तथा जनताहरूको समेत प्रत्यक्ष पहुँच र नजिकको सरकारी अड्डाको संस्थागत संरचना मान्ने गरिन्छ। प्रारम्भिक समयमा सफाई अड्डाको स्थापना हुँदा यसलाई तल्लो फाँट र माथिल्लो फाँट गरी २ फाँटमा विभाजन गरिएको थियो जसलाई सुधार गर्न, जनताको काम व्यवस्थापन गर्न र अड्डाको कार्य क्षेत्र फराकिलो बनाउन तत्कालीन राणा प्रधानमन्त्री भीम शमशेर राणाले वि.सं. १९८८ मा सवाल सनद जारी गरेका थिए।[९१][९२]

सफाई अड्डाको रूपमा २८ वर्षसम्म काम गरेपछि वि.सं. २००३ फागुन २ गते तत्कालीन राणा प्रधानमन्त्री पद्म शमशेर राणाले आफ्नै निवासमा मानिसहरू भेला पारी भोटाहिटी सफाइ अड्डालाई 'काठमाडौँ म्युनिसिपालिटी' घोषणा गरेका थिए। राणा शासनकै समयमा वि.सं. २००६ चैत २७ गते तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेर राणाले नेपालमा नगर पञ्चायत ऐन, २००६ जारी गरेर लागु गरेपछि 'काठमाडौँ म्युनिसिपालिटी' नगर पञ्चायत बन्न पुगेको थियो।[५]

देशमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भएसँगै वि.सं. २०१० जेठ ५ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ जारी भएपछि वि.सं. २०१० भदौ १७[७] गते १८ वटा वडाहरू सहितको काठमाडौँ नगरपालिका बनेको थियो। वि.सं. २०१७ पुष २२ गते देशमा तत्कालीन राजा महेन्द्र शाहले पञ्चायती व्यवस्था आरम्भ गरेको २ वर्षपछि वि.सं. २०१९ भदौ ५ गते नगर पञ्चायत ऐन, २०१९ जारी गरिएको थियो जसको फलस्वरूप यो नगरपालिका स्वतः नगर पञ्चायतमा परिणत भएको थियो।

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[९३] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरेपछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले काठमाडौँ स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[९४][९५] राजधानीको रूपमा रहेको यो नगरमा बढ्दो जनसङ्ख्या, शिक्षा, स्वास्थ्य, खेलकूद, सहरीकरण, यातायात, विमानस्थल लगायतका आवश्यक भौतिक पूर्वाधार भएको कारणले तत्कालीन श्री ५ को सरकारद्वारा वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौँ नगरपालिकालाई स्तरोन्नति गर्दै देशकै पहिलो महानगरपालिकाको रूपमा काठमाडौँ महानगरपालिका घोषणा गरेको थियो।[८]

काठमाडौँका नगर प्रमुखहरूको सूची[९६][सम्पादन गर्नुहोस्]

क्रसं वर्ष नाम पद राजनीतिक दल नाम पद राजनीतिक दल टिप्पणी
वि.सं. १९७६ सिंह शमशेर[९६] चेयरम्यान - - - सफाई अड्डाका चेयरम्यान, चन्द्र शमशेरद्वारा मनोनित
वि.सं. २००४- वि.सं. २००७ गहेन्द्र शमशेर थापा[९६] सभापति - शङ्करदेव पन्त उपसभापति स्वतन्त्र सभापति राणा वर्गद्वारा मनोनित गरिएका थिए भने उप सभापति जनताद्वारा निर्वाचित भएका थिए।[९७]
वि.सं. २०१० जनकमान श्रेष्ठ[९८] सभापति कम्युनिस्ट पार्टी प्रयागराज सिंह सुवाल उपसभापति नेपाली कांग्रेस पहिलो जननिर्वाचित नगर प्रमुख र उप-प्रमुख[९९][१००]
वि.सं. २०१४ प्रयागराज सिंह सुवाल[१०१] सभापति नेपाली कांग्रेस कृष्णलाल श्रेष्ठ उपसभापति कम्युनिस्ट पार्टी
वि.सं. २०१७ सालपछि अधिकांश समय वडाध्यक्षहरू र केही समय कायममुकायम प्रधानपञ्च हुनुभएका चन्द्रानन्द नेवाले काम गरेका थिए।[१०१]
वि.सं. २०२२ गणेशमान श्रेष्ठ[१०१] प्रधानपञ्च
वि.सं. २०२७ चन्द्रानन्द नेवा[१०१][१०२] प्रधानपञ्च उनी तत्कालिन काठमाडौँ नगरपालिका वडा नं. १२ को वडाअध्यक्षको रूपमा निर्वाचित भएका थिए तर अधिकांश समय उनले कायममुकायम प्रधानपञ्च भएर काम गरेका थिए।[१०२]
वि.सं. २०३३ - वि.सं. २०३८ बासुदेव ढुङ्गाना[१०१] प्रधानपञ्च
वि.सं. २०३८ - वि.सं. २०३९ प्रेमबहादुर शाक्य प्रधानपञ्च वि.सं. २०३८ देखि वि.सं. २०३९ सालसम्म पञ्चायत सुधार आयोगका अध्यक्षको रूपमा प्रधानपञ्च भएर कार्य गरेका थिए।[१०१]
वि.सं. २०३९ - वि.सं. २०४३ कमल चित्रकार[१०३] प्रधानपञ्च काठमाडौँ नगर पञ्चायतका प्रधानपञ्च रहेका थिए।[१०४]
१० वि.सं. २०४४ - वि.सं. २०४९ हरिबोल भट्टराई प्रधानपञ्च प्रजातान्त्रिक समूह शारदाप्रसाद भट्टराई उप प्रधानपञ्च प्रजातान्त्रिक समूह नेपाली कांग्रेस र नेकपा एमाले मिलेर प्रजातान्त्रिक समूह नामक गठबन्धन बनाएर निर्वाचन लडेका थिए। हरिबोलले पञ्चायतको विरोध गरेपछि उनलाई पदबाट निलम्बित गरिएको थियो।[१०५]प्रधानपञ्चको निलम्बनपछि शारदाप्रसादले कायममुकायम भएर काम गरेका थिए।
११ वि.सं. २०४९ - वि.सं. २०५४ प्रेमलाल सिंह[१०६] मेयर नेपाली कांग्रेस नवीन्द्रराज जोशी[१०७] उप मेयर नेपाली कांग्रेस पिएल सिंहको रूपमा चिनिने प्रेमलाल नगर प्रमुख रहेकै समयमा काठमाडौँ नगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नति भएको थियो।
१२ वि.सं. २०५४ - वि.सं. २०६० केशव स्थापित[१०८] मेयर कम्युनिस्ट पार्टी विदुर मैनाली उप मेयर कम्युनिस्ट पार्टी
१३ वि.सं. २०६० राजाराम श्रेष्ठ[१०९] मेयर राप्रपा तत्कालिन शाही सरकारद्वारा गरिएको स्थानीय निर्वाचनमा निर्वाचित भएर मात्र दुई महिना काम गरेका थिए।
१४ वि.सं. २०७४ - वि.सं. २०७९ विद्यासुन्दर शाक्य[११०] मेयर कम्युनिस्ट पार्टी हरिप्रभा खड्गी उप मेयर नेपाली कांग्रेस देशमा सङ्घीयता स्थापना भएपछि पहिलो निर्वाचित मेयर[१११]
१५ वि.सं. २०७९ - वर्तमान बालेन्द्र शाह[११२] मेयर स्वतन्त्र सुनिता डंगोल उप मेयर कम्युनिस्ट पार्टी काठमाडौँ महानगरपालिकाको निर्वाचानमा नगर प्रमुखको रूपमा विजयी हुने पहिलो स्वतन्त्र राजनीतिज्ञ[११३]

काठमाडौँ समूह[सम्पादन गर्नुहोस्]

काठमाडौँ समूहलाई आधिकारिक रूपमा परिभाषित गरिएको छैन। काठमाडौँ उपत्यकाको सहरी क्षेत्रलाई तीन फरक जिल्लाहरू (प्रदेशभित्रको दोस्रो तहको प्रशासनिक विभाजन) मा विभाजित छ। तुलनात्मक रूपमा थोरै जनसङ्ख्या भएको दक्षिणी भागहरू बाहेक उपत्यकाको क्षेत्र तीन वटै जिल्लाका सबै भागमा धेरै थोरै फैलिएको छ।[११४]

उपत्यकाभित्रका तीन वटै जिल्लाहरूमा देशको उच्च जनसङ्ख्या घनत्व छ। यी ३ जिल्लाहरूमा जम्मा २१ स्थानीय तहहरू छन् जस अन्तर्गत २ महानगरपालिका (काठमाडौँ र ललितपुर), १६ नगरपालिका र ३ गाउँपालिका रहेको छ।[११५] निम्न तथ्याङ्क तालिकाले यी जिल्लाहरूको वर्णन गर्दछ जुन सम्भवतः एक समूह मानिनेछ:

प्रशासनिक जिल्ला क्षेत्रफल (वर्ग किमी) जनसङ्ख्या (२०५८ जनगणना)[११६] जनसङ्ख्या (२०६८ जनगणना)[११६] जनसङ्ख्या (२०७८ जनगणना)[११६] जनघनत्व (/वर्ग किमी)
काठमाडौँ जिल्ला ३९५ १०,८१,८४५ १७,४०,९७७ २०,१७,५३२ ५१०८
ललितपुर जिल्ला ३८५ ३,३७,७८५ ४,६६,७८४ ५,४८,४०१ १४२४
भक्तपुर जिल्ला ११९ २,२५,४६१ ३,०३,०२७ ४,३०,४०८ ३६१७
काठमाडौँ समूह ८९९ १६,४५,०९१ २५,१०,७८८ २९,९६,३४१ ३३३३

हावापानी[सम्पादन गर्नुहोस्]

काठमाडौँ
जलवायु तालिका
फेमामेजुजुसेनोडि
 
 
१४
 
१९
 
 
१९
 
२१
 
 
३४
 
२५
 
 
६१
 
२८
१२
 
 
१२४
 
२९
१६
 
 
२३६
 
२९
१९
 
 
३६३
 
२८
२०
 
 
३३१
 
२९
२०
 
 
२००
 
२८
१९
 
 
५१
 
२७
१३
 
 
८.३
 
२४
 
 
१३
 
२०
सेल्सियस तापक्रममा अधिकतम र न्यूनतम औसत
मिलिमिटरमा वर्षाको कुल मात्रा

नेपालमा पाँच प्रमुख हावापानी क्षेत्र पाइन्छ। काठमाडौँ उपत्यकाको १,२०० देखि २,३०० मिटर (३,९०० देखि ७,५०० फिट) सम्मको उचाइमा पर्ने क्षेत्रहरूको हावापानी एकदमै समशीतोष्ण छ जुन यस क्षेत्रको लागि असामान्य रहेको छ। उपत्यकाको २,१०० र ३,३०० मिटर (६,९०० र १०,८०० फिट) बीचको उचाइमा पर्ने भागहरूमा शीत शीतोष्ण हावापानीद्वारा पछ्याइएको छ। कोपेन जलवायु वर्गीकरण अन्तर्गत, तल्लो उचाइ भएका सहरका भागहरूमा आर्द्र उपोष्णकटिबन्धीय हावापानी रहेको छ, जबकि उच्च उचाइ भएका सहरका केही भागहरूमा सामान्यतया उपोष्णकटिबन्धीय समुद्री जलवायु रहेको छ। उपत्यकाको हावापानीको प्रतिनिधित्व गर्ने काठमाडौँ उपत्यकामा गर्मीको औसत तापक्रम २८ देखि ३० डिग्री सेल्सियस (८२ देखि ८६ डिग्री फारेनहाइट) सम्म हुन्छ। जाडोयाममा यहाँको औसत तापक्रम १०.१ °से (५०.२ °फे) हुन्छ।

सहरमा सामान्यतया दिन न्यानो हुने गर्छ भने रात र बिहानको मौसम चिसो हुन्छ। जाडोको समयमा यहाँको तापक्रम १ °से (३४ °फे) वा कममा झर्ने भएको हुनाले सो मौसममा यहाँको तापक्रम अप्रत्याशित हुने गरेको छ। सन् २०१३ को चिसोयामको आरम्भमा काठमाडौँ तापक्रम −४ °से (२५ °फे)मा झरेको थियो भने सबैभन्दा कम तापक्रम सन् २०१३ जनवरी १० मा −९.२ °से (१५.४ °फे) तापक्रम रेकर्ड गरिएको थियो। उपत्यकाको वर्षा प्रायः मनसुनमा आधारित हुन्छ (जुनदेखि सेप्टेम्बरसम्मको मनसुन महिनाहरूमा केन्द्रित कुल वर्षाको लगभग ६५%), र पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पर्याप्त मात्रामा (१०० देखि २०० सेमी (३९ देखि ७९ इन्च)) घट्छ। काठमाडौँ उपत्यकामा करिब १४०० मिलिमिटर (५५.१ इन्च) र काठमाडौँ सहरमा औसत १४०७ मिलिमिटर (५५.४ इन्च) वर्षा रेकर्ड गरिएको छ। यहाँको औसत आर्द्रता ७५% छ।

काठमाडौँको मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) २४.४
(७५.९)
२८.३
(८२.९)
३३.३
(९१.९)
३५.०
(९५.०)
३६.१
(९७.०)
३७.२
(९९.०)
३२.८
(९१.०)
३३.३
(९१.९)
३३.३
(९१.९)
३३.३
(९१.९)
२९.४
(८४.९)
२८.३
(८२.९)
३७.२
(९९.०)
उच्चतम औसत °से (°फे) १९.१
(६६.४)
२१.४
(७०.५)
२५.३
(७७.५)
२८.२
(८२.८)
२८.७
(८३.७)
२९.१
(८४.४)
२८.४
(८३.१)
२८.७
(८३.७)
२८.१
(८२.६)
२६.८
(८०.२)
२३.६
(७४.५)
२०.२
(६८.४)
२५.६
(७८.१)
दैनिक औसत °से (°फे) १०.८
(५१.४)
१३.०
(५५.४)
१६.७
(६२.१)
१९.९
(६७.८)
२२.२
(७२.०)
२४.१
(७५.४)
२४.३
(७५.७)
२४.३
(७५.७)
२३.३
(७३.९)
२०.१
(६८.२)
१५.७
(६०.३)
१२.०
(५३.६)
१८.९
(६६.०)
न्यूनतम औसत °से (°फे) २.४
(३६.३)
४.५
(४०.१)
८.२
(४६.८)
११.७
(५३.१)
१५.७
(६०.३)
१९.१
(६६.४)
२०.२
(६८.४)
२०.०
(६८.०)
१८.५
(६५.३)
१३.४
(५६.१)
७.८
(४६.०)
३.७
(३८.७)
१२.१
(५३.८)
न्यूनतम रेकर्ड °से (°फे) −९.२
(१५.४)
−१.१
(३०.०)
१.७
(३५.१)
४.४
(३९.९)
९.४
(४८.९)
१३.९
(५७.०)
१६.१
(६१.०)
१६.१
(६१.०)
१३.३
(५५.९)
५.६
(४२.१)
०.६
(३३.१)
−१.७
(२८.९)
−९.२
(१५.४)
औसत वर्षा मिमी (इन्च) १४.४
(०.५७)
१८.७
(०.७४)
३४.२
(१.३५)
६१.०
(२.४०)
१२३.६
(४.८७)
२३६.३
(९.३०)
३६३.४
(१४.३१)
३३०.८
(१३.०२)
१९९.८
(७.८७)
५१.२
(२.०२)
८.३
(०.३३)
१३.२
(०.५२)
१,४५४.९
(५७.२८)
दैनिक औसत वर्षा १२ १७ २३ २२ १५ ११०
औसत सापेक्ष आर्द्रता (%) ७९ ७१ ६१ ५३ ५७ ७३ ८१ ८३ ८२ ७९ ८५ ८० ७४
मासिक सौर्यप्रकाश घण्टा औसत २२३ २५४ २६० २३१ २२९ १८६ १३६ १५९ १३२ २५२ २४४ २५० २,५५६
स्रोत: जल तथा मौसम विज्ञान विभाग, नेपाल[११७]

वायु गुणस्तर[सम्पादन गर्नुहोस्]

काठमाडौँ उपत्यकामा वायु प्रदुषण एउटा प्रमुख समस्या हो जसकारण यो सहरलाई 'धुलोको सहर'[११८], 'धुलोमाडौँ'[११९][१२०] भन्ने उपनाम दिइएको छ। वि.सं. २०७८ को चैत महिनामा काठमाडौँ सहरको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको वायु प्रदूषणको मापदण्डभन्दा १० गुणा बढी देखिएको थियो।[१२१] युरोपेली संस्था आइक्युएअरले सन् २०२१ मा प्रकाशित गरेको ‘विश्वको वायुको गुणस्तरसम्बन्धी प्रतिवेदन, २०२१’ अनुसार विश्वको प्रदूषित राजधानीहरूको सूचीमा काठमाडौँ छैटौँ स्थानमा रहेको थियो ।[१२२][१२३] सन् २०१७ देखि काठमाडौँको वायु गुणस्तर मापन गर्न नेपाल सरकारको वातावरण विभाग र काठमाडौँस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासले वास्तविक समयको वायु गुणस्तर तथ्याङ्क अनुगमन र सार्वजनिक रूपमा साझा गर्दै आएको छ।[१२४] नेपालमा वायु प्रदूषणका कारण हुने कुल अकाल मृत्युमध्ये झण्डै एक चौथाइ काठमाडौँमा हुने गरेको एक प्रतिवेदनले जनाएको छ।[१२५]

सरकारी र सार्वजनिक सेवाहरू[सम्पादन गर्नुहोस्]

नागरिक प्रशासन[सम्पादन गर्नुहोस्]

काठमाडौँको प्रशासन व्यवस्थापनको लागि काठमाडौँ महानगरपालिका कार्यालय (केएमसी) प्रमुख जिम्मेवार स्वायत्त संस्था हो। नेपालका शासक वर्गद्वारा उपयोग गरिने सडकलाई सफा राख्न तथा जनताको समेत पहुँच हुने अभिप्रायले काठमाडौँको भोटाहिटीमा वि.सं. १९७६ पुस २ गते सफाई अड्डा स्थापना गरिएको थियो।[४][१२६] विभिन्न कालखण्डमा म्युनिसपालिटी, नगरपालिका, नगरपञ्चायत, पुनः नगरपालिका र अन्त्यमा वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौँ महानगरपालिकाको रूपमा स्तरोन्नति गरिएको यो कार्यालयले काठमाडौँको प्रशासनिक व्यवस्थापन गर्दै आएको छ।[१२६]

काठमाडौँ महानगरपालिकालाई केन्द्रीय क्षेत्र, पूर्व क्षेत्र, उत्तरी क्षेत्र, नगर क्षेत्र र पश्चिम क्षेत्र गरी पाँच भागमा विभाजन गरिएको छ। नागरिक प्रशासनको लागि यो सहरलाई ३२ वटा प्रशासनिक वडाहरूमा विभाजन गरिएको छ।[१२७] नगर कार्यपालिकाको समितिमा रहेका १७७ निर्वाचित प्रतिनिधि र २० मनोनित सदस्यहरूले काठमाडौँ महानगरपालिकाको व्यवस्थापन गर्ने कार्य गर्दछ।[१२८] यसले वार्षिक बजेटको समीक्षा, प्रक्रिया र अनुमोदन गर्न र प्रमुख नीतिगत निर्णयहरू गर्न द्विवार्षिक बैठकहरू गर्छ। काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाद्वारा तयार पारिएको ३२ वडाको वडा प्रोफाइलमा प्रत्येक वडाको जनसङ्ख्या, घरको संरचना र अवस्था, सडकको प्रकार, शैक्षिक, स्वास्थ्य तथा वित्तीय संस्था, मनोरञ्जन सुविधा, पार्किङ, सुरक्षा प्रावधानहरू, आदि रहेको छ। यसमा सांस्कृतिक सम्पदा, चाडपर्व, ऐतिहासिक स्थलहरू र स्थानीय बासिन्दाहरू बारे जानकारीमूलक तथ्याङ्कहरू सहित सम्पन्न, चालु र योजनाबद्ध विकास परियोजनाहरूको सूची समावेश छ।[१२९] क्षेत्रफलको आधारमा काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठुलो वडा वडा नं. १६ हो जसको क्षेत्रफल ४३७.४ हेक्टर रहेको छ भने सबैभन्दा सानो वडा वडा नं. २६ हो जसको क्षेत्रफल ४ हेक्टर रहेको छ।

काठमाडौँ नगर काठमाडौँ जिल्लाको सदरमुकाम हो। बूढानीलकण्ठ, चन्द्रागिरी, दक्षिणकाली, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, कीर्तिपुर, नागार्जुन, शङ्खरापुर, तारकेश्वरटोखा गरी १० वटा नगरपालिकासँगै काठमाडौँ सहरले यो जिल्ला बनाएको छ।

कानून र व्यवस्था[सम्पादन गर्नुहोस्]

यो सहरको प्रमुख कानून प्रवर्तन निकाय महानगरीय प्रहरी कार्यालय हो।[१३०] यो निकाय प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा रहेको हुन्छ। महानगरीय प्रहरी नेपाल प्रहरीको एउटा महाशाखा हो र यसको प्रशासनिक नियन्त्रण नेपाल सरकारको गृह मन्त्रालयमा रहेको छ।

अग्नि नियन्त्रण सेवा[सम्पादन गर्नुहोस्]

वि.सं. १९९४ सालको भदौ महिनामा सातौँ राणा प्रधानमन्त्री जुद्ध शमशेरले काठमाडौँको न्यु रोडमा पहिलो वारुण यन्त्र कार्यलय खोलेका थिए।[१३१] वि.सं. १९९० सालमा नेपालमा गएको महाभूकम्पका कारण दरबारमा ठुलो आगलागि भएको थियो जसलाई नियन्त्रण गर्न सो समयमा निकै कठिनाई भएको थियो।[१३२] आगलागिका कारण दरबारका विभिन्न भौतिक संरचनाहरू नष्ट भएको घटनाबाट प्रभावित तत्कालीन प्रधानमन्त्री राणा बेलायत भ्रमणमा जाँदा त्यहाँको दमकल सेवालाई अध्ययन गरेर त्यहाँबाट दमकल ल्याउन पहल गरेका थिए। पहल अनुरूप बेलायत सरकारले 'मोरिस' कम्पनीको दमकल सहयोगस्वरूप उपलब्ध गराएको थियो। देशमा यातायातको साधन सीमित र राजधानीसँग सडक सञ्जाल नभएको कारणले मानिसहरूद्वारा भीमफेदी भएर दमकल (पानी तान्ने पम्प जडित यन्त्र) ल्याइएको थियो।[१३२] नेपालमा सर्वसाधारणको लागि टेलिफोन सेवा नभएको कारणले गर्दा सहरमा आगलागि भएको हेर्न फलामको अग्लो टावर बनाइएको थियो।

काठमाडौँमा वारुण यन्त्र कार्यालय स्थापना भएको सात वर्षपछि वि.सं. २००१ सालमा छिमेकी सहर ललितपुरभक्तपुरमा समेत दमकल सेवा विस्तार गरिएको थियो।[१३३] वि.सं. २०२२ सालमा काठमाडौँ केन्द्रीय विमानस्थलमा अग्नि नियन्त्रक सेवा स्थापना भएको थियो। वि.सं. २०३० सालसम्म उपत्यकामा मात्रै केन्द्रित रहेको दमकल सेवा वि.सं. २०३१ सालमा जर्मनी सरकारबाट सात वटा 'म्यागिरस डज' दमकल प्राप्त भएपछि उपत्यकाबाहिरका नेपालका औद्योगिक सहरमा समेत दमकल सेवा विस्तार भएको थियो।[१३४]काठमाडौँ महानगरमा सानो र ठुलो गरी जम्मा ६ थान दमकल रहेका छन् भने आठ वटा फायर वाइक रहेको छ।[१३५][१३६][१३७]

बिजुली र पानी आपूर्ति[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरपालिकाभित्र नेपाल विद्युत प्राधिकरणद्वारा बिजली सेवा नियमन र वितरण गरिन्छ। यसै प्रकार खानेपानी र सरसफाई सुविधा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपलब्ध गराएको छ। काठमाडौँमा पिउने, नुहाउने, खाना पकाउने, धुने र सिँचाइ जस्ता घरायसी प्रयोजनका लागि पानीको चरम अभाव छ।[१३८] पानीसँग सम्बन्धित सबै प्रयोजनका लागि मानिसले बोतलबन्द मिनरल वाटर, ट्याङ्की ट्रकको पानी र प्राचीन ढुङ्गे धाराको पानी प्रयोग गर्दै आएका छन्। नेपालको राष्ट्रिय गौरव तथा बहुचर्चित मेलम्ची खानेपानी आयोजना[१३९]को आंशिक काम सम्पन्न गरेर वि.सं. २०७७ साल चैत २५ गतेदेखि सहरमा पानी वितरण थालिएको थियो।[१४०][१४१] पानी वितरण सुरु गरेको दुई महिना नबित्दै वि.सं. २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले खानेपानीको लाइनलाई प्रभावित गरेपछि यसको सेवा ठप्प रहेको छ।[१४२][१४३]

फोहोर व्यवस्थापन[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन महानगरपालिका कार्यालय अन्तर्गतको सरसफाई शाखाले गर्दै आएको छ।[१४४] महनगरपालिकाबाट दैनिक ४ सय ५० टन फोहोर उत्पादन हुने गरेको छ। महानगरको घर, पसल, व्यवसाय, उद्योग तथा कार्यालय लगायतका स्थानहरूबाट उत्सर्जित हुने फोहोर वि.सं. २०६२ सालदेखि नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको वडा नं. २ मा रहेको सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ।[१४५]

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

ऐतिहासिक जनसङ्ख्या
वर्षजन.±%
वि.सं.१९७८ १०८,८०५—    
वि.सं.१९९८ ६८,५९४−३७%
वि.सं.२००८ १०६,५७९+५५.४%
वि.सं.२०१८ १२१,०१९+१३.५%
वि.सं.२०२८ १५०,४०२+२४.३%
वर्षजन.±%
वि.सं.२०३८ २३५,१६०+५६.४%
वि.सं.२०४८ ४२१,२५८+७९.१%
वि.सं.२०५८ ६७१,८४६+५९.५%
वि.सं.२०६८ ९७५,४५३+४५.२%
वि.सं.२०७८ ८६५,९०६−११.२%
थप स्रोत: तथ्य,[१४६][१४७]
स्रोत: सोधपत्र

काठमाडौँको विश्वव्यापी सहरी चरित्रले यसलाई नेपालको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर बनाएको छ।[१४८] नेपालमा भएको वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार काठमाडौँको जनसङ्ख्या ९,७५,४५३ रहेको छ।[१०] वि.सं. २०५८ को जनगणनाको सन्दर्भमा यो सहरको वार्षिक जनसङ्ख्या बृद्धि दर ६.१२% रहेको थियो। काठमाडौँमा बसोबास गर्ने कुल जनसङ्ख्याको ७०% मानिसहरू १५ देखि ५९ वर्षका छन्।[१४९]

एक दशकमा काठमाडौँको जनसङ्ख्या वि.सं. २०४८ मा ४,२७,०४५ बाट बढेर वि.सं. २०५८ मा ६,७१,८४६ पुगेको थियो।[१४९] काठमाडौँको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ९,७५,४५३ रहेको थियो भने वि.सं. २०७८ को प्रारम्भिक जनगणना प्रतिवेदन अनुसार यहाँको जनसङ्ख्या ११.२३% घटेर ८,६५,९०६ पुगेको छ।[१५०]

जातीय समूह[सम्पादन गर्नुहोस्]

काठमाडौँ महानगरमा बसोबास गर्ने जातिगत विवरण[१५१]
वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको आधारमा
जाति जनसङ्ख्या
नेवार
२,४१,१३१
ब्राह्मण (पहाड)
२,३८,५९०
क्षेत्री
१,७५,८८९
तामाङ
७६,०६६
मगर
३६,७६१
गुरुङ
२५,७८०
राई जाति
२०,६४८
मुसलमान
१७,७०६
मारवाडी
१२,८२३
थारु जाति
११,९०३
शेर्पा जाति
११,७७६
ठकुरी
११,२६०
अन्य
९५,१२०

काठमाडौँको सबैभन्दा ठुलो जातीय समूह उपत्यकाको मूल निवासी नेवारहरू हुन्,[१५२] जसको विभिन्न जात समूहहरूको संयुक्त जनसङ्ख्या २५% रहेको छ।[१५३] जनसङ्ख्याको हिसाबले काठमाडौँ महानगरपालिकामा बाहुनहरू लगभग २४% छन् भने क्षेत्रीहरूको जनसङ्ख्या १८% रहेको छ। काठमाडौँका अन्य जाति समूहहरूमा तामाङ (८%), मगर (४%), गुरुङ (३%), राई (२%) र लिम्बू (१%) सहित जनजातिहरू समावेश छन्। पहाडी क्षेत्रका विभिन्न जातीय समूह र तराई क्षेत्रका रैथाने जातीय समूहहरूले काठमाडौँ सहरको जनसङ्ख्या अनुपातको पर्याप्त मात्रामा प्रतिनिधित्व गरिरहेका छन्। यस नगरमा लगभग १२,००० मारवाडीहरू छन् जुन मुख्य रूपमा व्यापारीहरू हुन्। वि.सं. २०६८ को तथ्याङ्क अनुसार काठमाडौँ सहरमा सबैभन्दा प्रमुख धर्म हिन्दु धर्म रहेको छ जसको जनसङ्ख्या ८१.३% रहेको छ। यसै प्रकार बौद्ध ९%, इस्लाम ४.४% र अन्य जातजाति ५.२% रहेका छन्।[१०]

भाषा[सम्पादन गर्नुहोस्]

शाह वंशको शासनकालमा हिन्दु संस्कृतिप्रतिको कडा पूर्वाग्रहका कारण काठमाडौँको भाषिक पार्श्वचित्रमा ठुलो परिवर्तन आएको थियो।[१५४] यस शासन कालमा शासकहरूले संस्कृत भाषालाई प्राथमिकता दिनुका साथै नेपालको तराई भेगमा संस्कृत भाषा सिक्न र प्रोत्साहित गर्नका निमित्त संस्कृत केन्द्रहरू स्थापित गरिएको थियो।[१५४] संस्कृत विद्यालयहरू विशेष रूपमा काठमाडौँ र तराई क्षेत्रमा परम्परागत हिन्दु संस्कृति र नेपालबाट उत्पन्न प्रथाहरूलाई जोगाउनको लागि स्थापना गरिएको थियो। वि.सं. २०६८ को जनगणना अनुसार यो सहरको कुल जनसङ्ख्याको ६१.२६% नेपाली भाषा, १९.००% नेवार भाषा, ५.५५% तामाङ भाषा, २.८२% मैथिली भाषा, १.८१% हिन्दी भाषा, १.६०% भोजपुरी भाषा, १.२३% गुरुङ भाषा, १.१६% मगर भाषा र १.४०% ले आफ्नो पहिलो भाषाको रूपमा बोल्ने गर्छन्। अङ्ग्रेजी भाषा बोल्ने र बुझ्ने मानिसहरूको सङ्ख्या समेत उल्लेखनीय रहेको छ।[१५५][१५६]

वास्तुकला र सहर दृश्य[सम्पादन गर्नुहोस्]

काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रहरू (सात धरोहर र भवनहरू)

• सन् १९२० मा काठमाडौँ दरबार क्षेत्र •
• सन् २००७ मा काठमाडौँ दरबार क्षेत्र •
• पशुपतिनाथ • चाँगुनारायण •
• स्वयम्भूनाथ • बौद्धनाथ •
• पाटन दरबार क्षेत्र •
• भक्तपुर दरबार क्षेत्र •

भारततिब्बत बीचको प्राचीन व्यापारिक मार्ग काठमाडौँलाई काटेर गएको थियो जसले गर्दा अन्य संस्कृतिका कलात्मक र वास्तुकलाको परम्परालाई स्थानीय कला र वास्तुकलासँग मिलाउन सक्षम बनाएको थियो।[१५७][१५८] काठमाडौँ सहरका स्मारकहरू कैयौँ शताब्दीदेखि हिन्दु र बौद्ध धार्मिक अभ्यासहरूद्वारा प्रभावित छन्।[१५९]

काठमाडौँ उपत्यकाभित्र रहेका वास्तुकलाहरू जसमा प्राचीन स्मारक र भवनहरू रहेका छन्।[१६०] यी वास्तुकलाहरूलाई सात समूहमा वर्गीकरण गरिएको छ। यस समूहभित्र सांस्कृतिक सम्पदा र भवनहरू रहेका छन्। सन् २००६ मा युनेस्कोले स्मारकहरूको यी सात समूहहरूलाई विश्व सम्पदा क्षेत्रभित्र स्थान दिएको थियो। सात स्मारक क्षेत्रहरूले १८९ हेक्टर (४७० एकड) क्षेत्रफल ओगटेको छ भने मध्यवर्ती क्षेत्रसमेत जोडेर यसले कुल २,३९४ हेक्टर (५,९२० एकड) क्षेत्रफल ओगटेको छ। सन् १९७९ मा मूल रूपमा सूचीकृत गरिएका सात स्मारक क्षेत्रहरू भित्र हनुमानढोका, पाटनभक्तपुरका दरबार क्षेत्रहरू, पशुपतिनाथचाँगुनारायणका हिन्दु मन्दिरहरू, स्वयम्भूनाथबौद्धनाथका बौद्ध स्तूपहरू रहेका छन्।[१६०][१६१][१६२][१६३]

दरबार क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

दरबार क्षेत्रको शाब्दिक अर्थ 'दरबारहरूको स्थान' हुने गर्छ। काठमाडौँ उपत्यकामा तीन र कीर्तिपुरमा एउटा असुरक्षित दरबार क्षेत्रहरू रहेका छन्।[१६४] काठमाडौँ दरबार क्षेत्र जसलाई वसन्तपुर दरबार क्षेत्र पनि भनिन्छ।[१६५] यो पुरानो सहरमा अवस्थित छ र यसमा चार राज्यहरू (कान्तिपुर, ललितपुर, भक्तपुर र कीर्तिपुर) को प्रतिनिधित्व गर्ने सम्पदा भवनहरू छन् जसमा सबैभन्दा प्रारम्भिक लिच्छवि वंशको हो। यस परिसरमा ५० वटा मन्दिरहरू छन् र दरबार क्षेत्र दुई चतुर्भुजमा विभाजित छ।[१६६] बाहिरी चतुर्भुजमा काष्ठमण्डप, कुमारी घर र शिव-पार्वती मन्दिर छ भने भित्री चतुर्भुजमा हनुमानढोका दरबार छ। वि.सं. २०७२ को भूकम्पमा दरबार क्षेत्रहरू नराम्ररी क्षतिग्रस्त भएका थिए।[१६७][१६८]

हनुमानढोका मल्ल राजाशाह वंशको राजदरबार भएको संरचनाको एक जटिल संरचना हो।[१६९] यो पाँच एकड अर्थात् ४४ रोपनीमा फैलिएको छ।[१६६] दस प्राङ्गण भएको सबैभन्दा पुरानो भाग पूर्व पट्टी रहेको छ, जुन १६औँ शताब्दीको मध्यतिर निर्माण गरिएको हो।[१७०][१७१] १७औँ शताब्दीमा मल्ल वंशका राजा प्रताप मल्लले अनेक मन्दिरहरू सहित यसको विस्तार गरेका थिए। सन् १८८६ मा नारायणहिटी दरबारमा सर्नुभन्दा पहिले राजपरिवारका सदस्यहरू यसै दरबारमा बस्ने गरेका थिए।[१७२]

काठमाडौँ सहरको मध्यभागमा रहेको दरबार क्षेत्रको छेउमा कुमारी घर रहेको छ जहाँ धेरै कुमारीहरूबाट छानिएका शाही कुमारीहरू बस्छिन्।[१७३] कुमारी, वा कुमारी देवी, दक्षिण एसियाली देशहरूमा दैवी नारी शक्ति वा देवीको अभिव्यक्तिको रूपमा युवा हुनु पूर्व किशोरीहरूलाई पूजा गर्ने परम्परा हो।[१७४] नेपालमा कुमारी छनोटको प्रक्रिया निकै कडा र प्रतिस्पर्धात्मक छ।[१७४] राजतन्त्रको समयमा तत्कालीन रानी र राज पुजारीहरूले ज्योतिषीय परीक्षण र ३२ गुणको नाजुक प्रक्रियाबाट प्रस्तावित कुमारी नियुक्त गर्ने गर्दथे। चिना अर्थात् प्राचीन हिन्दु ज्योतिषीय प्रतिवेदन अनुसार वर्तमान कुमारी र शासन गरिरहेका राजाको चिना समान हुनुपर्ने व्यवस्था रहेको थियो। कुमारीलाई देवी तलेजु (दुर्गा) को शारीरिक अवतार मानिन्छ जबसम्म उनीहरूको महिनावारी हुँदैन, त्यसपछि देवीले आफ्नो शरीर खाली गर्छिन् भन्ने विश्वास गरिन्छ।[१७५] गम्भीर रोग वा चोटबाट रगत ह्रास हुँदा समेत कुमारीहरूलाई आफ्नो सामान्य स्थितिमा फर्काउन सक्छ।[१७६] सन् २०१७ सेप्टेम्बरमा पदभार ग्रहण गरेकी तृष्णा शाक्य वर्तमान कुमारी हुन्।[१७७] उनी कुमारी नियुक्ति हुने समयमा तीन वर्षकी थिइन्। राजतन्त्रको अन्त्यपछि काठमाडौँकी पहिलो कुमारी रहेकी मतिना शाक्यलाई तृष्णाले पदस्थान्तर गरेकी थिइन्।

गोरखनाथको प्रतिमा राखिएको काष्ठमण्डप एक तीन तले मन्दिर हो। यो १६औँ शताब्दीमा प्यागोडा शैलीमा बनाइएको थियो। काठमाडौँ नाम काष्ठमण्डप शब्दबाट आएको हो। यो राजा लक्ष्मीनरसिंह मल्लको पालामा बनेको थियो।[१७८] भारत र तिब्बत जोड्ने दुई प्राचीन व्यापारिक मार्गहरूलाई काट्ने मरु क्षेत्रमा काष्ठमण्डप उभिएको छ। यो सुरुमा यात्रुहरूको लागि विश्राम गृहको रूपमा निर्माण गरिएको थियो।

पशुपतिनाथ मन्दिर[सम्पादन गर्नुहोस्]

बागमती नदीको किनारमा रहेको पशुपतिनाथ मन्दिरको दृश्य

पशुपतिनाथ मन्दिर भगवान शिवलाई समर्पित पाँचौं शताब्दीको प्रसिद्ध हिन्दु मन्दिर हो। बागमती नदीको किनारमा अवस्थित पशुपतिनाथ मन्दिर काठमाडौँको सबैभन्दा पुरानो हिन्दु मन्दिर हो।[१७९] नेपाल धर्मनिरपेक्ष राष्ट्र नभएसम्म यसले राष्ट्रिय देवता तथा भगवान पशुपतिनाथको आसनको रूपमा सेवा गरेको थियो। यो मन्दिरको एक महत्वपूर्ण भागलाई वि.सं. १४०६ मा बङ्गालका मुसलमान शासक शमशुद्दीन इलियासको आक्रमणकारी सेनाहरूले नष्ट गरेको थियो जसकारण यो मन्दिरको मूल ५औँ शताब्दीको मन्दिरको बाहिरी भागको थोरै वा केही पनि बाँकी छैन।[१८०][१८१][१८२] गोरुको मूर्ति र पशुपतिको कालो चार टाउको भएको मूर्ति कम्तिमा ३०० वर्ष पुरानो भए पनि आज उभिएको मन्दिर १९औँ शताब्दीमा बनेको हो।[१८३] यो मन्दिरलाई युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरेको छ।[१८४] यो मन्दिरमा मनाइने सबैभन्दा महत्वपूर्ण चाड शिवरात्रि हो। शिवरात्रिको दिन यो मन्दिर दर्शन गर्न हजारौँ भक्त र साधुहरू आउने गर्छन्।[१८५]

पशुपतिनाथमा विश्वास गर्नेहरूमध्ये मुख्यतया हिन्दुहरूलाई मात्रै मन्दिर परिसरमा प्रवेश गर्न अनुमति दिइएको छ, तर गैर-हिन्दु आगन्तुकहरूलाई बागमती नदी पारीबाट मात्र मन्दिर हेर्न अनुमति दिइएको छ।[१८६] यस मन्दिरमा सेवा गर्ने पुजारीहरू मल्ल राजा यक्ष मल्लको समयदेखि दक्षिण भारतको कर्नाटकका ब्राह्मणहरू हुन्।[१८७] यो परम्परा आदि शङ्कराचार्यको अनुरोधमा सुरु भएको मानिन्छ जसले सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहित गरेर पौराणिक राजा भरतले शासन गरेको मानिने दक्षिण एसियाको भारतीय राज्यहरूलाई एकीकरण गर्न खोजेका थिए। यो प्रक्रिया भारत वरपरका अन्य मन्दिरहरूमा पछ्याइएको छ, जुन आदि शङ्कराचार्यद्वारा पवित्र गरिएको थियो।[१८८]

यो मन्दिर प्यागोडा वास्तुकलाको शैलीमा बनाइएको छ। मन्दिरमा तामासुनको दुई-स्तरको छानाहरू रहेका छन्।[१८९][१९०]

बौद्धनाथ[सम्पादन गर्नुहोस्]

बौद्धनाथ स्तूपको प्यानोरेमिक दृश्य

बौद्धनाथलाई बौद्ध स्तुप वा खस चैत्य भनेर पनि चिनिन्छ।[१९१] यो स्वयम्भूनाथसँगै नेपालको सबैभन्दा पवित्र बौद्ध स्थलहरू मध्ये एक हो। यो लोकप्रिय पर्यटकीय क्षेत्र हो। बौद्धनाथलाई नेवारहरूद्वारा खस्ती र नेपाली वक्ताहरूद्वारा बौद्ध या बोधनाथ भन्ने गरिन्छ। काठमाडौँको केन्द्र उत्तरपूर्वी बाहिरी इलाकादेखि ११ किमी (७ माइल)को दूरीमा रहेको यो स्तूपको विशाल मण्डलाले यसलाई नेपालको सबैभन्दा ठुलो गोलाकार स्तूपहरू मध्ये एक बनाएको छ। बौद्धनाथलाई सन् १९७९ मा युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सूचिकृत गरिएको थियो।[१९२]

स्तूपको आधारखण्डमा ध्यानी बुद्ध अमिताभको १०८ वटा साना चित्रणहरू छन्। प्रत्येक वर्ष स्तूप भ्रमण गर्न विश्वभरिका तिब्बती बौद्ध तीर्थयात्रिहरू यहाँ आउने गरेका छन्। यी तीर्थालुहरूले यो स्तूपको आन्तरिक तल्लो घेरिएको भागमा शरीर निहुराएर साष्टाङ्ग प्रणाम गर्छन्, प्रार्थना चक्रसँगै स्तूपको चारै दिशामा घुम्ने गर्छन्, मन्त्रोच्चार र प्रार्थना गर्ने गर्छन्।[१९३]

स्वयम्भूनाथ[सम्पादन गर्नुहोस्]

स्वयम्भूनाथ स्तूप काठमाडौँ सहरको उत्तरपश्चिमी भागमा अवस्थित पहाडमा रहेको बौद्ध स्तूप हो।[१९४] यो नेपालको सबैभन्दा पुरानो धार्मिक स्थल हो।[१९५] यो बौद्ध क्षेत्र मान्ने गरिएता पनि यो बौद्ध र हिन्दु दुवै धर्मावलम्बीद्वारा सम्मानित र पूजनीय रहेको छ। स्तूपको आधारखण्डमा गुम्बज छ र गुम्बजको माथि, चारै दिशामा बुद्धको आँखाले हेरेको घन संरचना छ। चारै दिशामा पञ्चकोणीय तोरण छन्, जसमा मूर्तिहरू कुँदिएका छन्। तोरणको पछाडि र माथि गरि जम्मा तेह्र तहहरू छन्। सबै तहहरू माथि एउटा सानो ठाउँ छ जसमाथि गजुर रहेको छ।[१९६]

रानी पोखरी[सम्पादन गर्नुहोस्]

रानीपोखरी काठमाडौँ सहरको मध्य भागमा अवस्थित एक ऐतिहासिक मानव निर्मित पोखरी हो।[१९७] यसलाई मल्ल राजा प्रताप मल्लले सन् १६६५ मा आफ्नो प्यारी रानीको लागि बनाएका थिए। पोखरीको दक्षिण कुनामा एउटा हात्तीको मूर्ति रहेको छ जसमा प्रताप मल्ल र उनको दुवै छोराहरूको छविलाई दर्शाउने गरेको छ।[१९८] बालगोपालेश्वर मन्दिर पोखरीको मध्यभागमा रहेको छ। रानी पोखरी प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् भाइटीकाछठ पर्वको समयमा सर्वसाधारणको लागि खोलिने गरेको छ।[१९९][२००]

संस्कृति[सम्पादन गर्नुहोस्]

कला[सम्पादन गर्नुहोस्]

मन्दिर, तीर्थस्थल, स्तूप, गोम्पा, चैत्य र दरबारहरूमा प्रशस्त पाइने काठ, ढुङ्गा, धातु र टेराकोटाबाट बनेको कलात्मक बस्तुहरूले काठमाडौँ उपत्यकालाई नेवारहरूको सहरको रूपमा वर्णन गर्ने गरिएको छ।[२०१][२०२] कलात्मक वस्तुहरू सडकको कुना, गल्ली, निजी आँगन र खुला मैदानमा पनि देखिन्छन्।[२०३] प्रायजसो देवतादेवीहरूको प्रतिमामा कला देखिने गरेन्छ। काठमाडौँ उपत्यका लामो समयदेखि कलाको खजाना रहेको भए पनि सन् १९५० मा बाहिरी विश्वका लागि यो देश खुलेपछि मात्रै यसले विश्वव्यापी मान्यता पाएको थियो।[२०४]

नेपाल र काठमाडौँको धार्मिक कलामा विशेष गरी भवानी, दुर्गा, गज-लक्ष्मी, हरिती-सीतला, महिषमर्दिनी, सप्तमातृका (सात मातृ देवी), र श्रीलक्ष्मी (धन देवी) माता देवीहरूको प्रतीकात्मक प्रतीकहरू समावेश छन्। ईशा पूर्व तेस्रो शताब्दीदेखि हिन्दु देवी-देवताहरू बाहेक सम्राट अशोक कालका बौद्ध स्मारकहरूले सामान्यतया नेपाल र विशेष गरी उपत्यकालाई सुन्दर बनाएको छ। यी कला र वास्तुकलाका भवनहरूले विकासको तीन प्रमुख कालहरू समेटेका छन्: लिच्छवि वा शास्त्रीय काल (सन् ५०० देखि ९००), उत्तर-शास्त्रीय अवधि (सन् १००० देखि १४००) जसमा पाल कालको बलियो प्रभाव रहेको थियो त्यसपछि मल्ल काल (सन् १४०० पछि) जसले तिब्बती दानवविज्ञानको कलाको साथमा स्पष्ट रूपमा तान्त्रिक प्रभावहरू देखाएको थियो।[२०५][२०६]

नेपाली कलाकारले बनाएको कलात्मक प्रतिमूर्ति र नक्काशीलाई व्यापक टाइपोलोजी भनिएको छ। यी कलाकारहरूले हिन्दु र बौद्ध धर्मको मिश्रणलाई कायम राखेका छन्। यी कलाकारहरूले प्रायः ढुङ्गा कला, धातु कला, काठ कला, टेराकोटा कला, र चित्रकलाको प्रयोग गरिएको सामग्री बनाउने गरेका छन्।[२०७]

सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

काठमाडौँ नेपालको राष्ट्रिय सङ्ग्रहालय[२०८][२०९] र नेपालको प्राकृतिक इतिहास सङ्ग्रहालय सहित धेरै सङ्ग्रहालयहरू र कला गृहहरूको घर हो।[२१०] नेपालको कला र वास्तुकला दुई प्राचीन धर्म हिन्दु र बौद्ध धर्मको मिलन हो। काठमाडौँ उपत्यकाका सात राम्ररी परिभाषित स्मारक क्षेत्रहरूमा रहेका धेरै मन्दिर, तीर्थस्थल, स्तूप, गुम्बा र दरबारहरूमा यिनीहरू पर्याप्त रूपमा प्रतिबिम्बित छन्। यो एकीकरण काठमाडौँ र यसका भगिनी सहर पाटनभक्तपुरका सङ्ग्रहालय र कला गृहहरूमा आयोजना र प्रदर्शनीहरूमा पनि झल्किन्छ। सङ्ग्रहालयहरूले पुरातात्विक निर्यात सहित ५औँ शताब्दीदेखि वर्तमान दिनसम्मका अद्वितीय कलाकृतिहरू र चित्रहरू प्रदर्शन गर्छन्।

राष्ट्रिय सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

राष्ट्रिय सङ्ग्रहालय काठमाडौँको पश्चिमी भागमा नेपालका तत्कालीन सेनापति र मुख्तियार भीमसेन थापाले १९औँ शताब्दीको प्रारम्भमा निर्माण गरेको ऐतिहासिक भवनमा स्वयम्भूनाथ स्तूप नजिकै छ। यो देशको सबैभन्दा महत्त्वपूर्ण सङ्ग्रहालय हो।[२११] यो सङ्ग्रहालयमा हतियार, कला र ऐतिहासिक र सांस्कृतिक महत्त्वको पुरातात्विक वस्तुहरूको विस्तृत सङ्ग्रह रहेको छ। यो सङ्ग्रहालय युद्ध ट्रफी र हतियारहरूको सङ्कलन गृहको रूपमा सन् १९२८ मा स्थापना भएको थियो भने यस सङ्ग्रहालयको प्रारम्भिक नाम छाउनी सिलखाना थियो, जसको अर्थ "हतियार र गोला बारुदको ढुङ्गा घर" हो।[२१२] यसको महत्वलाई ध्यानमा राख्दै सङ्ग्रहालयमा धेरै हतियारहरू छन्, जसमा युद्धहरूमा प्रयोग हुने स्थानीय रूपमा बनाइएको हतियारहरू, १८ र १९औँ शताब्दीका छालाका तोपहरू, र काठ, काँसा, ढुङ्गा र चित्रहरूमा मध्यकालीन र आधुनिक कार्यहरू समावेश छन्।[२१३]

प्राकृतिक इतिहास सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

प्राकृतिक इतिहास सङ्ग्रहालय स्वयम्भूनाथ पहाडको दक्षिणी फेदमा छ। यो सङ्ग्रहालयमा विभिन्न प्रजातिका जनावर, पुतली र बोटबिरुवाहरूको ठुलो सङ्ग्रह छ। यो सङ्ग्रहालय प्रागैतिहासिक गोलादेखि भरिएका जनावरहरूका प्रजातिहरूको प्रदर्शनको लागि प्रख्यात छ।[२१४]

नारायणहिटी दरबार सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

नारायणहिटी दरबार सङ्ग्रहालय काठमाडौँको उत्तर-मध्य भागमा अवस्थित छ। वर्तमान दरबारको मुख्य भवन सन् १९७० मा पुरानो दरबारको अगाडि बनाइएको थियो। यो भवन तत्कालीन युवराज र सिंहासनका उत्तराधिकारी वीरेन्द्रको विवाहको अवसरमा निर्माण गरिएको थियो। दरबारको दक्षिणी ढोका पृथ्वीपथ र दरबारमार्ग सडकको छेउमा छ। दरबार क्षेत्रले कुल ३० हेक्टर (७४ एकड) क्षेत्रफल ओगटेको छ र चारैतिर अग्ला फाटकहरूद्वारा पूर्ण रूपले सुरक्षित छ। नेपालको दरबार हत्याकाण्ड यसै स्थानमा भएको थियो। राजतन्त्रको पतनपछि यसलाई सङ्ग्रहालयमा परिणत गरिएको हो।[२१५]

तारागाउँ सङ्ग्रहालय[सम्पादन गर्नुहोस्]

तारागाउँ सङ्ग्रहालयले काठमाडौँ उपत्यकाको आधुनिक इतिहास प्रस्तुत गर्दछ। यसले काठमाडौँ उपत्यकाको ५० वर्षको अनुसन्धान र सांस्कृतिक सम्पदा संरक्षणमा २०औँ शताब्दीको उत्तरार्धमा विदेशबाट आएका कलाकार, फोटोग्राफर, वास्तुविद् र मानवशास्त्रीहरूले योगदान दिएका कलाहरूलाई दस्तावेजीकरण गर्ने प्रयास गरिएको छ।[२१६] सङ्ग्रहालयको वास्तविक संरचनाले काठमाडौँको निर्मित सम्पदा जोगाउनको लागि पुनर्स्थापना र पुनर्स्थापनाका लागि गरिएका प्रयासहरू देखाउँछ। यो सङ्ग्रहालय काठमाडौँ उपत्यकाको नियोजनकर्ताको रूपमा परिचित कार्ल प्रुस्चाले सन् १९७० मा डिजाइन गरेका थिए।[२१७]

कला गृह[सम्पादन गर्नुहोस्]

नेपालको कलाको केन्द्रको रूपमा रहेको काठमाडौँमा देशका समसामयिक कलाकारहरूको काम र ऐतिहासिक कलाकारहरूको सङ्कलित कलाकृति प्रदर्शन गरिन्छ।[२१८] उपत्यका भित्रको पाटन सहर विशेषगरी ललित कला र शिल्पकलाका लागि प्रख्यात प्राचीन सहर हो।[२१९] काठमाडौँको कला नेपाली परम्परागतता र आधुनिक कलाको सम्मिश्रण प्रदर्शन गर्दै, ठुलो सङ्ख्यामा राष्ट्रिय, एसियाली र विश्वव्यापी प्रभावहरूबाट व्युत्पन्न कलाकृति जीवन्त रहेको छ।[२२०] नेपाली कलालाई सामान्यतया दुई क्षेत्रमा विभाजन गरिएको छ: नेपालमा पौभा[२२१] भनेर चिनिने आदर्शवादी परम्परागत चित्रकला जसलाई तिब्बतमा थान्का भनेर चिनिन्छ[२२२], जुन देशको धार्मिक इतिहाससँग घनिष्ठ रूपमा जोडिएको छ र अर्कोतर्फ समकालीन पश्चिमी शैलीको प्रकृति सहितको चित्रकला रहेको छ।[२२३] तान्त्रिक तत्वहरू र सामाजिक विषयवस्तुहरूमा आधारित रचनाहरू वा अमूर्त कलाकृति जसका लागि नेपालका चित्रकारहरू प्रख्यात छन्। अन्तर्राष्ट्रिय रूपमा बेलायतमा रहेको परोपकारी संस्था, काठमाडौँ समकालीन कला केन्द्र काठमाडौँमा कला प्रवर्द्धनमा संलग्न छ। काठमाडौँमा धेरै उल्लेखनीय कला प्रदर्शनी गृहहरू छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानको कला तथा शिल्प विभागद्वारा सञ्चालित नाफा कला प्रदर्शनी गृह नव-शास्त्रीय पुरानो राणा दरबार सीता भवनमा रहेको छ।[२२४][२२५]

भृकुटीमण्डप प्रदर्शनी मैदान भित्र रहेको सृजना समकालीन कला गृहले समकालीन चित्रकार र मूर्तिकारहरूको कामलाई प्रदर्शन गर्ने गर्दछ र नियमित रूपमा प्रदर्शनीहरू आयोजना गर्दछ। यसले कला विद्यालयहरूमा बिहान र साँझ कक्षाहरू पनि चलाउँछ। भीमसेनथानको तीन-तले भवनमा रहेको मोती अजिमा कलागृह पनि उल्लेखनीय छ। यहाँ परम्परागत भाँडाहरू र हस्तनिर्मित पुतलीहरू र मध्यकालीन नेवार घरको विशिष्ट वस्तुहरूको प्रभावशाली सङ्ग्रह समावेश छ, जसले नेपाली इतिहासमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्दछ। दरबारमार्गमा रहेको नारायणहिटी दरबार नजिकैको जे आर्ट कलागृहमा प्रख्यात, स्थापित नेपाली चित्रकारहरूको कलाकृति प्रदर्शन गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटोमा रहेको बबरमहलमा रहेको नेपाल कला परिषद् कलागृहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका कलाकृति र कला प्रदर्शनीका लागि नियमित रूपमा प्रयोग हुने फराकिलो सभाकक्षहरू रहेका छन्।[२२६][२२७]

साहित्य[सम्पादन गर्नुहोस्]

नेपालको राष्ट्रिय पुस्तकालय पाटनमा अवस्थित छ। अङ्ग्रेजी, नेपाली, संस्कृत, हिन्दीनेपाल भाषाका ७० हजारभन्दा बढी पुस्तकहरू भएको यो देशकै ठुलो पुस्तकालय हो। पुस्तकालयमा १७औँ शताब्दीका संस्कृत र अङ्ग्रेजी भाषाका दुर्लभ विद्वानहरूद्वारा लिखित पुस्तकहरू रहेका छन्। काठमाडौँको केशर महलमा रहेको शिक्षा मन्त्रालय भवनको भुइँ तल्लामा रहेको केसर पुस्तकालय रहेको छ। करिब ४५ हजार पुस्तकको यो सङ्ग्रह केशर सम्शेर राणाको व्यक्तिगत सङ्ग्रहबाट लिइएको हो। यसले इतिहास, कानून, कला, धर्म, र दर्शनलगायतका विषयहरूको विस्तृत दायरालाई समेट्छ। यहाँ तन्त्रको एक संस्कृत पुस्तिकालाई १,००० वर्षभन्दा पुरानो मानिन्छ। वि.सं. २०७२ भूकम्पले गर्दा शिक्षा मन्त्रालयको भवनमा ठुलो क्षति पुगेको थियो र केसर पुस्तकालयका सामग्रीहरूलाई अस्थायी रूपमा सारिएको थियो।

चलचित्र र रङ्गमञ्च[सम्पादन गर्नुहोस्]

काठमाडौँ नेपाली चलचित्र र रङ्गमञ्चहरूको गृह सहर हो।[२२८][२२९] महानगरभित्र कान्ति पथमा अवस्थित राष्ट्रिय नाच घर, गङ्गा रङ्गमञ्च, हिमालयन रङ्गमञ्च र सन् १९८२ मा स्थापित आरोहण रङ्गमञ्च समूह सहित धेरै रङ्गमञ्चहरू छन्। गुरुकुल स्कूल अफ थिएटरले काठमाडौँमा अन्तर्राष्ट्रिय रङ्गमञ्च महोत्सव आयोजना गर्दछ, जसले विश्वभरका कलाकारहरूलाई आकर्षित गर्दछ। दरबार संरक्षण तथा प्रवर्द्धन समितिले स्थापना गरेको हनुमानढोका दरबार क्षेत्रमा सानो रङ्गमञ्च खोलिएको छ।[२३०][२३१]

काठमाडौँमा नेपाली, बलिउडहलिउड चलचित्रहरू देखाउने धेरै सिनेमाघरहरू (पुरानो एकल पर्दा भएका चलचित्र घर र केही नयाँ मल्टिप्लेक्सहरू) छन्।[२३२] केही पुराना चलचित्र घरहरूमा विश्वज्योति सिनेमा हल, जय नेपाल हल, कुमारी सिनेमा हल, गोपीकृष्ण सिनेमा हल र गुण सिनेमा हल पर्छन्। काठमाडौँमा केही अन्तर्राष्ट्रिय स्तरका सिनेमा घरहरू र मल्टिप्लेक्सहरू पनि छन्। मल्टिप्लेक्सहरूमा क्यूएफएक्स सिनेमाज, सिने डे सेफ, एफक्युब सिनेमा, क्युज सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज र अन्य धेरै रहेका छन्।[२३३]

सङ्गीत[सम्पादन गर्नुहोस्]

काठमाडौँ नेपालको सङ्गीत र नृत्यको केन्द्र हो। यी कलाका विधाहरू सहरको अभिन्न अङ्ग हुन्। काठमाडौँका साँस्कृतिक स्थलहरूमा साङ्गीतिक कार्यक्रमहरू आयोजना गरिन्छ। सङ्गीत काठमाडौँको परम्परागत पक्ष हो। नेपाल संवत् अनुसार 'गुन्ला' परम्परागत साङ्गीतिक पर्व हो। नेवार सङ्गीतको उत्पत्ति काठमाडौँबाट भएको हो। यसबाहेक काठमाडौँमा नेपालभरका सङ्गीतहरू पाउन सकिन्छ।

सन् १९७० को दशकमा धेरै हिप्पीहरूले काठमाडौँको भ्रमण गरेका थिए जसले गर्दा यो सहरमा रक एन्ड रोल, रक र ज्याज सङ्गीतको आगमन भएको थियो। ज्याजमान्डु भनेर चिनिने ज्याज महोत्सवका लागि काठमाडौँ अन्तर्राष्ट्रिय रूपमा प्रख्यात छ। यो हिमालय क्षेत्रमा आयोजना गरिने एक मात्र ज्याज महोत्सव हो। यो उत्सवले अस्ट्रेलिया, डेनमार्क, संयुक्त राज्य अमेरिका, बेनिन, र भारतजस्ता देशहरूबाट सङ्गीतकारहरूलाई आकर्षित गर्ने गर्दछ।

यो सहरलाई धेरै विदेशी गीतहरूमा सन्दर्भित गरिएको छ, जसमा क्याट स्टिभेन्सको ('काठमान्डु', मोना बोन ज्याकन, सन् १९७०), बब सेगरको ('काठमान्डु', ब्युटिफुल लुजर, सन् १९७५), रस ब्यान्डको ('ए प्यासेज टु बैङ्कक', पुल्लिङ इन काठमान्डु; २११२ एल्बम, सन् १९७६), जोन लेननको ('नोबडी टुल्ड मी', सन् १९८४, मरणोपरान्त), क्रेमाटोरिज ब्यान्डको ('काठमान्डु', थ्री स्प्रिङ्स, सन् २०००), फितो पेजको (त्राफिको पो काठमान्डु - "ट्राफिक थ्रु काठमान्डु") र क्याभलकेडको ('काठमाडौँ किड', सन् २०१९) रहेका छन्।

खाना[सम्पादन गर्नुहोस्]

काठमाडौँका अधिकांश मानिसहरूको प्रमुख खाना दाल भात हो। यसमा चामलदालको झोल हुन्छ र सामान्यतया यसलाई तरकारी, अचार र कहिलेकाहीँ चटनीसँग पस्किने गरिन्छ। तिब्बती उमालेको डल्लोको नेपाली संस्करणको एक प्रकारको रूपमा रहेको मम: नेपालका सडक बिक्रेता र रेस्टुरेन्टहरूले बेच्ने गरेका छन्। यो काठमाडौँमा सबैभन्दा लोकप्रिय चाँडो खानाको एक प्रकार हो। बफ (अर्थात् भैँसी) मोमो, चिकेन मोमो र शाकाहारी मोमो सहित मोमोका विभिन्न नेपाली प्रकारहरू काठमाडौँमा प्रख्यात छन्।

काठमाडौँमा पाइने अधिकांश खाना मांसाहारी छन् यद्यपि शाकाहारको अभ्यास असामान्य छैन र शाकाहारी व्यञ्जनहरू सहरभरि पाइन्छ। भैँसीको मासु सामान्य रहेता पनि गाईको मासु असामान्य र निषेधित छ। काठमाडौँमा विशेषगरी रैथाने नेवारको घरमा भैँसी खाने चलन छ, जुन नेपालका अन्य भागमा पाइँदैन। केही दशक अघिसम्म सुँगुरको मासुको उपभोग निषेधित मानिन्थ्यो। पूर्वी नेपालको किराँत खानाको काठमाडौँमा आगमनसँगै यो क्षेत्रमा समेत सुँगुरको मासुले स्थान पाएको छ। हिन्दुमुसलमान धर्मालम्बीहरूको एक विशेषवर्गका जनसङ्ख्याले यसलाई अहिलेपनि निषेध मान्छन्। हिन्दुहरूले गाईलाई पवित्रताको प्रतीक मान्ने भएकाले र मुसलमानहरूको कुरान अनुसार भैंसी अपवित्र भएकोले यी जीवहरू खाँदैनन्। हिन्दुहरूले गाईको मासु बाहेक सबै किसिमको मासु खाने गर्छन्। स्थानीय र आगन्तुकहरूको लागि मुख्य खाजा प्रायः म:म वा चाउमिन हो।

सन् १९५५ सम्म काठमाडौँमा एउटा मात्र पश्चिमी शैलीको रेस्टुरेन्ट रहेको थियो। नेपाली खाना, तिब्बती खाना, चिनियाँ खाना र विशेष गरी भारतीय खानाहरू पाइने भएपछि काठमाडौँमा ठुलो सङ्ख्यामा रेस्टुरेन्टहरू खुलेका छन्। अन्य धेरै रेस्टुरेन्टहरू स्थानीय, प्रवासी र पर्यटकहरू समायोजन गर्न खोलिएका छन्। काठमाडौँमा पर्यटनहरूको आगमनमा बृद्धिले गर्दा परम्परागत भोजन रुपान्तरण हुँदै पर्यटकहरूका लागि मिल्ने ठिमहा खानाको विकास निम्त्याएको छ। महाद्वीपीय खानाहरू चयन गरिएका ठाउँहरूमा पाउन सकिन्छ। अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टहरू दुर्लभ छन्, तर पिज्जा हट र केएफसीका केही खाजा घरहरू हालै महानगर क्षेत्रमा खुलेका छन्। यसका साथै अन्तर्राष्ट्रिय आइसक्रिम चेन कम्पनी बास्किन रोबिन्सको समेत विक्रीघरहरू रहेका छन्।

काठमाडौँमा कफी पिउनेभन्दा चिया पिउनेहरूको सङ्ख्या धेरै छ। विशेष रूपमा अन्य स्थानीय तथा विदेशी खाजाहरूसँग व्यापक रूपमा चिया घरहरू रहेका छन्। यहाँका मानिसहरू व्यापक रूपमा रक्सी पिउने गर्छन् र यहाँ मादक पेय पदार्थहरूको धेरै स्थानीय प्रकारहरू रहेका छन्। महानगरीय क्षेत्रमा मद्यपान गरेर गाडी गुडाउनु निषेधित छ र यसका लागि ट्राफिक प्रहरी अधिकारीहरूले शून्य सहिष्णुता नीति अपनाएका छन्। अयलाथ्वं (चामलबाट बनेको मादकपदार्थ) काठमाडौँको मदिराजन्य पेय पदार्थ हो, जुन सबै स्थानीय रक्सी भट्टीहरूमा पाइन्छ। छ्याङ, तोङवा (कोदो वा जौबाट बनेको मादकपदार्थ) र रक्सी नेपालका अन्य भागबाट काठमाडौँमा पाइने मदिराजन्य पेय पदार्थ हुन्। यस बाहेक काठमाडौँका मदिराजन्य बिक्री पसल, होटल, रेस्टुरेन्ट र बारहरूमा पश्चिमी र नेपाली बियरको व्यापक बिक्री हुने गरेको छ।

चाडपर्वहरू[सम्पादन गर्नुहोस्]

काठमाडौँका धेरैजसो मेला र चाडपर्वहरू मल्ल काल वा त्यसभन्दा अघिका हुन्। परम्परागत रूपमा यी चाडहरू नेवारहरूले मनाउने गरेका भएता पनि पछिल्ला वर्षहरूमा यी चाडपर्वहरूमा अन्य काठमाडौँवासीहरूको पनि व्यापक सहभागिता रहेको छ। नेपालको राजधानी काठमाडौँमा विभिन्न राष्ट्रिय चाडपर्व मनाइन्छ। सहरमा ठुलो सङ्ख्यामा बसाइँ सर्दा पश्चिमबाट खस, पूर्वबाट किराँत, उत्तरबाट तिब्बती बोन र दक्षिणबाट मिथिला संस्कृति राजधानीमा भेटिन्छन् र एक आपसमा घुलमिल भइसकेका छन्। घोडे जात्रा, इन्द्र जात्रा, दशैं, शिवरात्री लगायतका पर्वहरू काठमाडौँका सबै हिन्दु र बौद्ध समुदायले भक्तिभाव र उत्साहका साथ मनाउँछन्। लागु गरिएका संहिताहरूमा सामाजिक नियमनले हिन्दु परम्परा र नैतिकतालाई समावेश गरेको छ। यिनीहरूलाई शाह राजाहरू र यसअघिका राजाहरूले हिन्दु र बौद्ध धर्मका संरक्षकहरूको रूपमा अनुसरण गरेका थिए। काठमाडौँ र देशका अन्य भागमा देवी देवताको विशेष पूजामा शताब्दीदेखि सांस्कृतिक निरन्तरता कायम छ। यी देवताहरूमा अजिमा, तलेजु भवानी र उनको अन्य रूप: देगुतलेजुकुमारी (जीवित देवी) समावेश छन्। कलात्मक भवनहरू अहिले मानिसहरूको दैनिक जीवनमा पूजा गर्ने ठाउँ बनेका छन्, त्यसैले वार्षिक चाडपर्वहरू मनाउन सूची कायम गरिएको छ। महानगरमा वर्ष भरिमा १३३ वटा पर्व मनाइन्छ। यसअघि उल्लेख गरिएका बाहेक काठमाडौँमा मनाइने केही परम्परागत चाडहरूमा बडा दशैं, तिहार, छठ, माघे संक्रान्ति, नागपञ्चमी, जनै पूर्णिमा, पञ्चदान, तीज/ऋषि पञ्चमी, पाहां चह्रे, सेतो मच्छिन्द्रनाथको रथयात्रा, मातातीर्थऔँसी रहेका छन्।

धर्म[सम्पादन गर्नुहोस्]

अन्य भित्र क्रिस्चियन धर्म, जैन धर्म र अन्य धर्मावलम्बीहरू (५.२%)
काठमाडौँ महानगरमा बसोबास गर्ने धर्मावलम्बीहरू[१०]
धर्मावलम्बी प्रतिशत
हिन्दु धर्म
८१.३%
बौद्ध धर्म
९%
इस्लाम धर्म
४.४%
अन्य
५.२%

हिन्दु धर्म[सम्पादन गर्नुहोस्]

काठमाडौँमा हिन्दु धर्म परापूर्वकालदेखि पालन गरिदै आएको छ। लिच्छवि राज्य (सन् ४०० देखि ७५०) अस्तित्वमा आएसँगै काठमाडौँ उपत्यकामा हिन्दु धर्म र यसभित्रका सवर्ण विवाह, सामाजिक स्तरीकरणजाति व्यवस्थाको स्थापना भएको मानिन्छ। पशुपतिनाथ मन्दिर, चाँगुनारायण मन्दिरकाष्ठमण्डप हिन्दुहरूका लागि विशेष महत्व राख्ने गरेका छन्। काठमाडौँ र वरपरका उपत्यकाका अन्य उल्लेखनीय हिन्दु मन्दिरहरूमा बज्रयोगिनी मन्दिर, दक्षिणकाली मन्दिर, गुह्येश्वरी मन्दिरशोभा भगवती मन्दिर समावेश छन्।

काठमाडौँबाट बग्ने बागमती नदीलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूले पवित्र नदी मान्छन् र धेरै हिन्दु मन्दिरहरू यस नदीको किनारमा अवस्थित छन्। बागमतीको महत्व यस तथ्यमा पनि निहित छ कि यसको किनारमा हिन्दुहरूको दाहसंस्कार गरिन्छ र किराँतहरू यसको छेउमा पहाडमा गाडिन्छन्। नेपाली हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्नुअघि शवलाई तीन पटक बागमतीमा डुबाउनु पर्छ। मुख्य शोक गर्ने (सामान्यतया पहिलो छोरा) जसले अन्त्येष्टि चितालाई जलाउँछ उसले दाहसंस्कार पछि तुरुन्तै पवित्र नदीको पानीमा स्नान गर्नुपर्छ। शवयात्रामा सामेल हुने धेरै आफन्तहरूले पनि बागमतीमा नुहाउँछन् वा दाहसंस्कारको अन्त्यमा आफ्नो शरीरमा पवित्र पानी छर्कन्छन् किनभने बागमतीले मानिसहरूलाई आध्यात्मिक रूपमा शुद्ध गर्ने विश्वास गरिन्छ।

बौद्ध धर्म[सम्पादन गर्नुहोस्]

गौतम बुद्धको समयमा (ईशापूर्व ४८३ - ५६३) बौद्ध भिक्षुहरूको आगमनसँगै बौद्ध धर्म काठमाडौँमा आगमित भएको थियो। उनीहरूले साँखुमा वनविहार मठको स्थापना गरेका थिए। लुम्बिनीमा शाक्य वंशमाथि विरुढकद्वारा (शा. ईशापूर्व ४६१ - ४९१) आक्रमण भएपश्चात् त्यहाँबाट शाक्यहरू भागेपछि यो मठको पुनर्निर्माण गरिएको थियो।

हिन्दु लिच्छवी युग (ईशापूर्व ४०० देखि ७५०) को समयमा विभिन्न मठहरू र आदेशहरू जारी गरिएपछि क्रमिक रूपमा नेवार बौद्ध धर्मको गठन भएको थियो, जुन अझै पनि हिन्दु धर्मको प्राथमिक धार्मिक भाषा संस्कृतमा अभ्यास गरिन्छ।

काठमाडौँ उपत्यकाको त्यो परम्परालाई पौराणिक राजकुमारी भृकुटी (सातौँ शताब्दी) र कलाकार अरनिको (सन् १२४५–१३०६)ले तिब्बतचीनमा बौद्ध धर्म फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। नेवार बौद्ध धर्ममा आधारित काठमाडौँमा १०८ भन्दा बढी परम्परागत गुम्बाहरू (बहा: र बहाई) रहेका छन्। सन् १९६० को दशकदेखि काठमाडौँको स्थायी तिब्बती बौद्ध जनसङ्ख्या उल्लेख्य रूपमा बढेको छ र अहिले यस क्षेत्रमा पचासभन्दा बढी तिब्बती बौद्ध गुम्बाहरू छन्। यसका साथै नेवार बौद्ध धर्मको आधुनिकीकरणसँगै विभिन्न थेरवाद बिहारहरू स्थापना भएका छन्।

किराँत मुन्धुम[सम्पादन गर्नुहोस्]

किराँत मुन्धुम नेपालको आदिवासी जनजाति प्रथाहरू मध्ये एक हो। यो किराँत जातिले अभ्यास गर्ने गरेका छन्। किराँत धर्मका केही जीववादी पक्षहरू, जस्तै पुर्खाको पूजा (अजिमाको पूजा) पनि किराँत मूलका नेवारहरूमा पाइन्छ। प्राचीन किराँतहरूले पूजा गर्ने विश्वास भएका प्राचीन धार्मिक स्थलहरू, जस्तै पशुपतिनाथ, वाङ्गा आकाश भैरव (यलम्बर) र अजिमालाई अहिले काठमाडौँमा सबै धर्म मान्ने मानिसहरूले पुज्छन्। नेपालका अन्य भागबाट काठमाडौँ आएका किराँतहरूले सहरमा मुन्धुमको अभ्यास गर्ने गरेका छन्।

इस्लाम धर्म[सम्पादन गर्नुहोस्]

काठमाडौँका मल्ल राजा रत्न मल्लले १५औँ शताब्दीमा कश्मीर, लद्दाखल्हासासँग व्यापार गर्न भारतीय मुसलमानहरूलाई यहाँ निम्तो दिएका थिए।[२३४] व्यापारबाट सुरु भएको मुसलमानहरूको आगमनले अहिले बाक्लो रूप लिइसकेको छ।[२३५] वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार काठमाडौँमा मुसलमानहरूको जनसङ्ख्या ४.४% पुगेको छ। इस्लाम धर्मावलम्बीहरूले ईद, बकरी ईद लगायतका पर्वहरू मनाउने गरेका छन्।

अन्य धर्म[सम्पादन गर्नुहोस्]

सिख धर्म मुख्यतया काठमाडौँको बालाजु र कुपण्डोलस्थित गुरुद्वारामा अभ्यास गरिन्छ। मल्लकालीन राजा जयजगत मल्लको पालामा सिख धर्मको आगमन नेपालमा भएको हो।[२३६]भारतमा ब्रिटिस शासनकालको समयमा करिब डेढ सय वर्ष अघि सिख समुदाय नेपाल प्रवेश गरेको उल्लेख गरिएको छ।

जैन धर्म एउटा सानो समुदायद्वारा अभ्यास गरिन्छ। कमलपोखरीमा रहेको जैन मन्दिरमा जैन धर्मावलम्बीहरूको उपस्थिति हुने गरेको छ।

काठमाडौँमा मात्रै १७० गिर्जाघरहरू रहेको छ। यसका साथै यो सहरमा क्रिस्चियन मिसनरी अस्पतालहरू, कल्याणकारी संस्थाहरू र विद्यालयहरू पनि सञ्चालनमा छन्। भारतीय र बेलायती सेनामा सिपाहीका रूपमा सेवा गरेका नेपाली नागरिकहरू सेवामा रहँदा क्रिस्चियन धर्म ग्रहण गरेको हुनाले नेपाल फर्किएर पनि उनीहरूले यस धर्मलाई निरन्तरता दिइरहेका छन्। तिनीहरूले ईसाई धर्मको प्रसार र विशेष गरी काठमाडौँमा गिर्जाघरहरूको निर्माणमा योगदान दिएका छन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

नेपालको सबैभन्दा पुरानो आधुनिक विद्यालय दरबार हाई स्कुल[२३७] र सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज[२३८] दुवै काठमाडौँमा छन्। नेपालमा रैती दुनियाँको लागि शिक्षा निषेधित रहेको समयमा राणा वंशका सन्तानहरूको लागि शिक्षादीक्षाको प्रबन्धनको लागि तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालयको रूपमा दरबार हाई स्कुलको स्थापना गरेका थिए।[२३९][२४०] विद्यार्थी र कलेजहरूको सङ्ख्या अनुसार नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयको रूपमा रहेको सबैभन्दा ठुलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको छ। काठमाडौँमा नेपालकै उत्कृष्ट माध्यमिक विद्यालय र उच्च शिक्षाका लागि कलेजहरू रहेका छन्।[२४१][२४२]नेपालका विभिन्न स्थानहरूबाट उच्च शिक्षा तथा स्तरीय शिक्षाका लागि विद्यार्थीहरू यहाँका उच्च माध्यमिक विद्यालय तथा कलेजहरूमा भर्ना लिने गरेका छन्।[२४३] महानगरपालिकाभित्र जम्मा ९२ वटा सामुदायिक विद्यालयम र ६४० वटा संस्थागत विद्यालय रहेका छन्।[२४४] शिक्षा मन्त्रालयले प्रत्येक वर्ष अनुगमन र मूल्याङ्कन गरेर नेपालका उत्कृष्ट विद्यालय तथा कलेजहरूको सूची जारी गर्ने गरेकोमा अधिकांश विद्यालय र कलेज यसै महानगरपालिकाभित्र पर्ने गरेका छन्।[२४५]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

देशको आर्थिक विकासमा काठमाडौँको स्थान र भूभागले महत्त्वपूर्ण भूमिका खेलेको छ। यो प्राचीन सहर उर्वर माटो, समतल भू-भाग र तालको किनारमा अवस्थित रहेको छ। यो भूगोलले कृषिमा आधारित समाज बनाउन मद्दत गरेको थियो। प्राचीन कालदेखि भारत र चीनको महत्वपूर्ण व्यापारिक नाकाको रूपमा यो सहर महत्त्वपूर्ण व्यापारिक केन्द्रको रूपमा स्थापित हुन पुगेको हो। काठमाडौँको व्यापार भारत र तिब्बतलाई जोड्ने रेशम मार्गको किनारमा फस्टाएको पुरानो पेशा हो। शताब्दीयौँदेखि, काठमाडौँका ल्हासा नेवार व्यापारीहरूले हिमालय पार गर्दै व्यापार सञ्चालन गर्दै मध्य एसियाभरि कला, शैली र बौद्ध धर्मलाई फैलाउन योगदान दिएका थिए। यो सहरको अन्य परम्परागत पेशाहरूमा खेती, धातु कला, काष्ठकला, चित्रकारी, सिलाई बुनाई र भाँडाहरू हुन्।

काठमाडौँ नेपालको सबैभन्दा महत्त्वपूर्ण औद्योगिक र व्यापारिक केन्द्र हो। नेपाल स्टक एक्सचेन्ज, नेपाल राष्ट्र बैङ्कको प्रधान कार्यालय, उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्क, दूरसञ्चार कम्पनी, विद्युत प्राधिकरणलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाका मुख्य कार्यालयहरू काठमाडौँमा छन्। काठमाडौँका प्रमुख आर्थिक केन्द्रहरू न्यु रोड, दरबारमार्ग, असन र पुतलीसडक हुन्।

काठमाडौँ महानगरपालिकाले राष्ट्रको कुल गार्हस्थ उत्पादनमा एक तिहाईको योगदान दिने गरेको छ।[२४६] यो सहरभित्र वार्षिक आर्थिक उत्पादन करिब रु. ५५० बिलियन हुने गरेको छ। यो सहरमा बसोबास गर्ने प्रति व्यक्ति आय $२२०० रहेको छ जुन राष्ट्रको अन्य क्षेत्रको तुलनामा लगभग तीन गुना बढी छ। काठमाडौँबाट हस्तशिल्प, कलाकृति, कपडा, गलैँचा, पश्मिना, कागज निर्यात हुन्छ। व्यापार क्षेत्रबाट महानगरपालिकालाई २१% राजश्व उठ्ने गरेको छ। काठमाडौँ महानगरपालिकाले सङ्कलन गर्ने राजस्वको १९% योगदान उत्पादन क्षेत्रबाट हुने गर्दछ। महानगरपालिकाभित्र कपडा र गलैँचा सबैभन्दा उल्लेखनीय निर्मित उत्पादहरू हुन्। काठमाडौँमा अन्य आर्थिक क्षेत्रहरू कृषि (९%), शिक्षा (६%), यातायात (६%) तथा होटल र रेस्टुरेन्ट (५%) क्षेत्रले राजश्वमा साझेदारी गर्छन्। नेपाली कागजपस्मिना दोसल्लाको लागि काठमाडौँ प्रसिद्ध रहेको छ।[२४७][२४८][२४९][२५०]

पर्यटन[सम्पादन गर्नुहोस्]

पर्यटनलाई नेपालको अर्को महत्वपूर्ण उद्योग मानिन्छ। सन् १९५० पछि आएको वैश्विक राजनीतिक शृङ्खलामा परिवर्तनले देशमा पर्यटन क्षेत्रको आरम्भ भएको थियो। सन् १९५६ मा हवाई यातायातको स्थापना भएको थियो भने त्रिभुवन राजपथको निर्माण भएसँगै काठमाडौँ र रक्सौल (भारत-नेपाल सीमामा रहेको) बीचको सडक यातायात सुरु भएको थियो। यस गतिविधिलाई प्रवर्द्धन गर्न काठमाडौँमा छुट्टाछुट्टै संस्थाहरू स्थापना भएको थियो जसमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र नागरिक उड्डयन विभाग समावेश छन्। यसबाहेक, नेपाल विभिन्न अन्तर्राष्ट्रिय पर्यटक सङ्घहरूको सदस्य बनेको थियो। अन्य राष्ट्रहरूसँग कूटनीतिक सम्बन्ध स्थापनाले यो गतिविधिलाई अझ बढाएको छ। होटल उद्योग, पर्यटकीय संस्थाहरू, पर्यटक सहयोगीहरूको प्रशिक्षण र लक्षित प्रचार अभियानहरू नेपालमा र विशेष गरी काठमाडौँमा यस उद्योगको उल्लेखनीय वृद्धिको प्रमुख कारण हुन्। पर्यटन क्षेत्र देशको सबैभन्दा महत्त्वपूर्ण उद्योगहरू मध्येको एक हो। पर्यटन सहरका धेरैजसो मानिसहरूको आम्दानीको प्रमुख स्रोत हो। काठमाडौँमा वार्षिक लाखौं पर्यटकहरू आउने गरेका छन्। काठमाडौँको पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण र बुढानीलकण्ठलगायतका धार्मिकस्थलमा विश्वभरबाट हिन्दु र बौद्ध धर्मावलम्बीहरू आउने गर्दछन्। विदेशी पर्यटकहरूको नेपाल आगमनको रेकर्ड राख्ने कार्य सन् १९६४ देखि सुरु गरिएको थियो। माओवादी विद्रोहको कारण ओरालो लागेको पर्यटन उद्योग सो विद्रोहको समाप्तिपछि उदाएको थियो। सन् २००९ देखि सन् २०१९ सम्मको समयकालभित्र नेपालमा पर्यटक आगमनको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको थियो। त्यसपछि विश्वव्यापी कोरोना भाइरस महामारीका कारण दुई वर्ष डुबेको पर्यटन क्षेत्र पुनः उठ्ने जमर्को गरिरहेको छ।

काठमाडौँको ठमेल क्षेत्र विदेशबाट आउने पर्यटकहरूको प्राथमिक अड्डा हो, जहाँ पर्यटकहरूको लागि खानपान गर्ने अतिथि घरहरू, रेस्टुरेन्टहरू, पसलहरू र पुस्तक पसलहरू रहेका छन्। यसै प्रकार विदेशी पर्यटकहरूमाझ लोकप्रिय बनिरहेको अर्को छिमेकी क्षेत्र झमेल हो। यो टोलको वास्तविक नाम झम्सीखेल हो जसलाई ठमेलसँगै व्यवहार मिलाउन झमेल भन्ने गरिन्छ। सन् १९६० देखि सन् १९७० को समयकालमा हिप्पीहरूले लोकप्रिय बनाएको फ्रिक स्ट्रिट जसलाई स्थानीयहरू झोछेँ टोल भन्छन् यो समेत काठमाडौँको मौलिक पर्यटकहरूको अड्डा हो। यो ठमेलको लोकप्रिय विकल्प हो। तिब्बतको पुरानो व्यापारि मार्ग र परम्परागत बजार असनले समेत पर्यटकहरू आकर्षित गर्ने गर्दछ।

सन् १९५० मा नेपालको राजनीतिक परिवेशमा आएको परिवर्तनपछि पर्यटन उद्योग खुलेपछि होटल उद्योगमा उल्लेख्य सुधार आएको थियो। अहिले काठमाडौँभित्र हायात रिजेन्सी, द्वारिकाज, होटल याक एन्ड यती, द एभरेस्ट होटल, होटल र्‍याडिसन, होटल देल अन्नपूर्ण, द मल्ल होटल, शंकर होटल, साङ्ग्रिला होटल (साङ्ग्रिला होटल समूहद्वारा सञ्चालित नभएको) जस्ता धेरै विलासी होटलरू रहेका छन्। काठमाडौँभित्र रहेका चार तारे होटलहरूमा होटल वैशाली, अकामा होटल, होटल नारायणी, द ब्लु स्टार र ग्रान्ड होटलहरू छन्। गार्डेन होटल, होटल एम्बेसेडर र अलोहा इन काठमाडौँका तीन तारे होटल हुन्। क्यासिनो भएका पाँचतारे होटेलहरूमध्ये हायात रिजेन्सी, होटल देल अन्नपूर्ण र याक एन्ड यती जस्ता होटलहरू पर्छन्।

स्वास्थ्य संस्थानहरू[सम्पादन गर्नुहोस्]

नेपालका केन्द्रीय अस्पतालहरू बीर अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, सहिद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगङ्गा आँखाकेन्द्र, कुष्ठरोग अस्पताल, टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पायोनिएर अस्पताल, शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वविद्यालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल महाराजगंज, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल सिनामङ्गल, आयुर्वेदिक अस्पताल नरदेवी, सुस्माकोइराला प्लास्टिक सर्जरी अस्पताल सांखु का साथै नर्भिक, मेडीकेयर, काठमाडौँ मोडेल अस्पताल लगायतका प्रसिद्ध थुप्रै निजी तथा सामुदायिक अस्पतालहरू पनि यहाँ रहेका छन।

खेलकूद[सम्पादन गर्नुहोस्]

दशरथ रङ्गशाला

फुटबलक्रिकेट नेपालको युवा पुस्ता बीच सबैभन्दा लोकप्रिय खेल हो। यो नगरमा विभिन्न खेल मैदानहरू रहेका छन्। राष्ट्रिय खेलकुद परिषद्ले नेपालमा हुने विभिन्न खेलकूद प्रतियोगिताहरू नियमन र सञ्चालन गर्ने गर्दछ। सहरको एकमात्र अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला त्रिपुरेश्वरको छेउछाउमा रहेको दशरथ रङ्गशाला हो। यो रङ्गशालामा फुटबल खेल र सांस्कृतिक कार्यक्रम आयोजना हुने एक बहुउद्देश्यीय रङ्गशाला हो। नेपालको सबैभन्दा ठुलो रङ्गशालाको रूपमा रहेको दशरथ रङ्गशालाको निर्माण सन् १९५६ मा सकिएको थियो। यस रङ्गशालाको दर्शक क्षमता २५ हजार रहेको छ। यस मैदानमा प्रत्येक वर्ष सहिद स्मारक लिग पनि आयोजना गरिन्छ। आठौं दक्षिण एसियाली खेलकुद काठमाडौँमा आयोजना हुनुअघि चिनियाँ सरकारको सहयोगमा रङ्गशालाको मर्मतसम्भार गरी फ्लडलाइट जडान गरिएको थियो। रानीपोखरी कर्नर टोली (आरसिटी), सङ्कटा क्लबन्युरोड टोली (एनआरटी) जस्ता नेपालका पुराना फुटबल क्लबहरू काठमाडौँको गृह फुटबल टोली हो। अन्य प्रमुख फुटबल क्लबहरूमा मनाङ- मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल आर्मी क्लबनेपाल पुलिस क्लब रहेका छन्। यङ्गाल स्पोर्ट्स क्लब जस्ता नेपालका केही पुराना क्रिकेट क्लबहरूको घर पनि काठमाडौँ हो। एभरेष्ट प्रिमियर लिगमा काठमाडौँ किङ्स इलाभेनले काठमाडौँको प्रतिनिधित्व गर्दछ।

यातायात सेवा[सम्पादन गर्नुहोस्]

सडक[सम्पादन गर्नुहोस्]

नेपालको आर्थिक सर्वेक्षण २०७७/०७८ मा उल्लेख भए अनुसार नेपालमा रहेका सम्पूर्ण राजमार्गहरूको सडकको कुल लम्बाइ ३३,५२८ किलोमिटर रहेको छ।[२५१] यो सडक सञ्जालले देशको आर्थिक विकासमा विशेष गरी कृषि, बागवानी, तरकारी खेती, उद्योग तथा पर्यटनको क्षेत्रमा मद्दत गरेको छ।[२५२] पहाडी भूभागलाई हेर्दा काठमाडौँको यातायात मुख्यतया सडक र हवाई मार्गबाट ​​हुने गरेको छ। काठमाडौँलाई त्रिभुवन राजमार्गले दक्षिणमा भारत, पश्चिममा पृथ्वी राजमार्ग र उत्तरमा अरनिको राजमार्गले चीनसँग जोडेको छ। बिपी राजमार्गले सिन्धुलीहुँदै काठमाडौँलाई नेपालको पूर्वी भागसँग जोड्छ।[२५३][२५४] राष्ट्रिय गौरवको आयोजनामध्येको एक काठमाडौँ-तराई द्रुत मार्ग निर्माणाधीन छ।[२५५] यो मार्ग तराईलाई उपत्यकासँग जोड्ने सबैभन्दा छोटो मार्ग हुनेछ।[२५६]

साझा यातायातले काठमाडौँ र वरपरको उपत्यकामा नियमित बस सेवा प्रदान गर्दछ। माइक्रो बस कम्पनीहरू सहित अन्य बस कम्पनीहरूले धेरै अनिश्चित मार्गहरूमा आफ्नो सेवा सञ्चालन गर्ने गर्छन्। वि.सं. २०३२ सालमा चीन सरकारको सहयोगमा उपलब्ध भएको २२ वटा ट्रलीबसले काठमाडौँ त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म १३ किलोमिटरको रुटमा सेवा प्रदान गर्ने गरेको थियो।[२५७][२५८][२५९]

हवाई[सम्पादन गर्नुहोस्]

काठमाडौँ उपत्यकालाई सेवा गर्ने मुख्य अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो।[२६०] यो सहरको केन्द्रबाट लगभग ६ किलोमिटरको दूरीमा रहेको छ र नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा सञ्चालित छ।[२६१][२६२] विमानस्थलमा एउटा आन्तरिक र एउटा अन्तर्राष्ट्रिय गरी दुईवटा टर्मिनलहरू छन्। हाल, यसले युरोप, एसियामध्य पूर्वका इस्तानबुल, दिल्ली, मुम्बई, बेङ्गलोर, कोलकाता, सिङ्गापुर, बैङ्कक, क्वालालम्पुर, ढाका, पारो, ल्हासा, चेङ्दु, ग्वाङ्झाउहङकङ जस्ता विश्वभरका ३० सहरहरूलाई जोडेको छ।[२६३] सन् २०१३ देखि टर्किस एअरलाइन्सले इस्तानबुललाई काठमाडौँसँग जोड्छ।[२६४] ओमान एअरले पनि सन् २०१० देखि मस्कटलाई काठमाडौँसँग जोड्छ। नेपाल एयरलाइन्सले सन् २०२० मार्च २ देखि टोकियो-नारिता उडान सुरु गरेको थियो।[२६५]

देशभरका विभिन्न सहरहरूसँग क्षेत्रीय रूपमा बुद्ध एअर, नेपाल एअरलाइन्स, श्री एयरलाइन्सयती एअरलाइन्स लगायतका धेरै नेपाली वायुसेवा कम्पनीहरू उडान भर्ने गरेका छन्।[२६६]

रोपवे सेवा[सम्पादन गर्नुहोस्]

रोपवे पहाडी इलाकाको अन्य महत्वपूर्ण यातायातको साधन हो। काठमाडौँ र हेटौँडाबीच सञ्चालन भएको ४३ किमी (२७ माइल) लामो रज्जुमार्ग सेवाले प्रतिघण्टा २५ टन सामान ढुवानी गर्ने गरेको थियो। कम बोक्ने क्षमता र मर्मतसम्भार समस्याहरूको कारण पछि यो सेवालाई बन्द गरिएको थियो।[२६७] राणाकालमै काठमाडौँको मातातीर्थदेखि मकवानपुरको ढोरसिङसम्म २२ किमी (१४ माइल)भन्दा बढी लम्बाइको रज्जुमार्ग निर्माण गरिएको थियो, जसले प्रतिघण्टा ८ टन सामान ढुवानी गर्ने गरेको थियो।[२६८] हाल काठमाडौँको चन्द्रागिरी पहाडमा केबलकार सेवा सञ्चालन भइरहेको छ।

भगिनी सहर[सम्पादन गर्नुहोस्]

काठमाडौँको निम्नलिखित सहरहरूसँग भगिनी सम्बन्ध रहेको छ:

राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

प्रस्तावित भगिनी सहरहरू[सम्पादन गर्नुहोस्]

उल्लेखनीय व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अमात्य, साफल्य (सन् १९९६), काठमाडौँ नगरायण: काठमाडौँ नगरको उद्भव, नगरायण, र सांस्कृतिक इतिहास (नेपालीमा), नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, पृ: ८६। 
  2. "Relocating The Capital?" [राजधानी स्थानान्तरण गर्ने?], गोरखापत्र (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  3. "काठमाडौँमा १०२ वर्षदेखिको समस्या​ : सफाई अड्डा महानगर बन्यो, फोहर व्यवस्थापन ज्युँका त्युँ", ई कागज (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  4. ४.० ४.१ ४.२ ४.३ "स्थानीय तह अभ्यासका सय वर्ष", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  5. ५.० ५.१ ५.२ "स्वायत्त शासन" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, वि.सं. २०७२ बैशाख, पृ: ७, मूलबाट वि.सं. २०७९ चैत १५-मा सङ्ग्रहित, अन्तिम पहुँच वि.सं. २०७८ चैत २  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०३-१६ मिति
  6. "स्थानीय तह निर्वाचन इतिहासलाई फर्केर हेर्दा...", अर्थसमय (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०४ मिति
  7. ७.० ७.१ "कहिले-कहिले भएको थियो स्थानीय तह निर्वाचन?", द नेपाल टप (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१८ 
  8. ८.० ८.१ "नगर कार्यपालिकाको कार्यालय - काठमाडौँ महानगरपालिका" (नेपालीमा), काठमाडौँ महनगरपालिका कार्यालय, वि.सं. २०७८, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ चैत २ 
  9. "गोकर्णेश्वर नगरपालिका सुन्ताखानको ईतिहास बदल्ने अभिलेख" (नेपालीमा), गोकर्णेश्वर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, वि.सं. २०७७, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ चैत २ 
  10. १०.० १०.१ १०.२ १०.३ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ फागुन १ 
  11. "गाउँपालिका तथा नगरपालिकाको सङ्क्षिप्त परिचय पुस्तिका" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल, वि.सं. २०७८, पृ: १८७, अन्तिम पहुँच वि.सं. २०७८ चैत ५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२९ मिति
  12. "Population Ward Level 753 Local Unit" [७५३ स्थानीय तहको वडागत जनसङ्ख्या] (अङ्ग्रेजीमा), केन्द्रीय तथ्याङ्क विभाग, नेपाल, सन् २०१७, पृ: १२५, अन्तिम पहुँच वि.सं. २०७८ चैत ५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१४ मिति
  13. "नेपाल चिनाउने 'नेपाल विद्या'", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२० 
  14. "इतिहास बोल्ने सिक्का", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२० 
  15. "'नेपाल खादलको वंशावली'", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-१९ 
  16. "आर्य सभ्यताको इतिहास", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२० 
  17. "के लिच्छविकाल 'स्वर्णयुग' नै थियो ?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२० 
  18. "हिन्दु–बौद्ध घुलनमा पशुपतिनाथ", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  19. "'नेपालमा ८५ प्रतिशत गैरहिन्दु छन्'", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  20. "हाम्रा चाडपर्व र यसको मौलिकता", उद्घोष दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  21. "घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा", न्युजसेवा (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ [dead link]
  22. लेभी, सिल्भाँ (सन् २००५), नेपाल, हिन्दु अधिराज्यको इतिहास (नेपालीमा), हिमाल किताब, पृ: ३३। 
  23. "'येँ देय् म्हसीके' अर्थात् 'काठमाडौँ चिनौं ' पाठ्यपुस्तक विमोचन", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  24. किरण, सुरेश, "काष्ठमण्डपः एउटा मायावी कथा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  25. "काष्ठमण्डप पुनः निर्माण ८५ प्रतिशत सम्पन्न", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  26. श्रेष्ठ, सुदीप, "पाँचौं शताब्दीदेखि पाँचपटक बनेको काष्ठमण्डप", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२६ मिति
  27. किरण, सुरेश, "काष्ठमण्डपको काष्ठ–कथा", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  28. "काष्ठमण्डपको जगभित्र लुकेको कथा", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  29. गौतम, गोकर्ण, "काष्ठमण्डप पुनर्निर्माण ११ हजार क्युफिट काठको प्रयोग, कहिलेसम्म सकिएला ?", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  30. "काष्ठमण्डप पुनर्निर्माणको काम सकियो", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  31. "प्रदेश नम्बर ३ को नाम 'नेपाल मण्डल' राख्न माग", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  32. नेपाली, किशोर, "खुम्चिँदै गएको हाम्रो सहर", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  33. "मच्छिन्द्रनाथ देवता भन्दा पनि कृषि वैज्ञानिक हुन्", साँघु समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  34. "सुस्त उत्खनन", नेपाल पत्रिका (नेपालीमा), २०१०-०९-११, अन्तिम पहुँच २०२२-०३-२१ 
  35. "काठमाडाै‌ भन्दा पुरानाे सभ्यता दाेलखा", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-११ 
  36. पोखरेल, जगदीश, "नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  37. "इसाईबारे पृथ्वीनारायण", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  38. "काठमाडौँका अद्भुत चार", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-११ 
  39. "काठमाडौँलाई कस्तो शहर बनाउने ? प्राचीन कि आधुनिक ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-११ 
  40. "किन राजधानी अन्तै सारे यी देशले ?", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२१ 
  41. "गुँला पर्व र राँगाको सिङ फुक्ने चलन", शित्तलपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  42. मुनाकर्मी, लीलाभक्त (सन् १९६८), मल्लकालीन नेपाल (नेपालीमा), रत्न पुस्तक भण्डार, पृ: १६६। 
  43. महर्जन, विपेन्द्र, "झीसं पत्याः यानाच्वनागु अन्धविश्वास", नेपाल मण्डल (नेपाल भाषामा), अन्तिम पहुँच २०२२-०३-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०२-०३ मिति
  44. "उसबेलाको नेपाल", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  45. टण्डन, डा. गोविन्द, "मुखर्जीको भ्रमण र पशुपति दर्शन", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  46. बुद्ध जयन्ती स्मारिका (नेपालीमा), ॐ बुद्ध जयन्ती समारोह समिति, सन् १९९३, पृ: १७। 
  47. हेमराज भिन्तुना देश अभिनन्दन ग्रन्थ (संस्कृतमा), बोधी परिषद्, सन् १९९४, पृ: २८५। 
  48. "प्राचीन नेपालको गौरवशाली इतिहास", जनभाव (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२५ 
  49. "काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको प्राचीन सम्बन्ध", नेपाल बौद्ध समाचार (नेपालीमा), २०२१-०८-१४, अन्तिम पहुँच २०२२-०३-२२ 
  50. "संसारको प्रतिबिम्ब स्वयम्भू महाचैत्य", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२२ 
  51. श्रेष्ठ, सुदीप, "लिच्छविकालमा कसले कसरी शासन हत्याए?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२१ मिति
  52. "सरावलको बासा गाउ प्राचीन कोलिय गणराज्यको प्रमुख नगर ‘सज्जनेल नगर’ घोषणा", कोलिय खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२७ मिति
  53. "कसरी शुरु भयो रातो मछिन्द्रनाथको भोटो जात्रा ?", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  54. थपलिया, पुष्पा, "किसान र राजाको सहयोगबाट स्थापना भएकी भद्रकाली", युकेरा (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  55. राउत, कुमार (२०२०-०३-२३), "पाहाँचः-हे र घोडेजात्रा", राजधानी राष्ट्रिय दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  56. "आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना महानवमी पर्व मनाईंदै", आर्थिक सञ्जाल (नेपालीमा), २०२१-१०-१३, अन्तिम पहुँच २०२२-०३-२६ 
  57. "भद्राधिवासमा टेड रिकार्डी", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  58. गौतम, गोकर्ण, "कैलाशकूट भवन: स्वर्ण युगको स्वर्ण दरबार", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  59. श्रेष्ठ, सुदीप, "कहीँ नभएको इतिहास हाँडीगाउँमा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  60. मल्ल, मुकेश, "लिच्छविकालीन कला", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  61. सापकोटा, दीपक, "लायकुको अन्तिम पर्खाल !", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२६ 
  62. "को हुन भृकुटी ? कसरी भयो तिब्बतमा उनको विवाह ?", मोटिभेट न्युज (नेपालीमा), २०२०-०६-२०, अन्तिम पहुँच २०२२-०३-२६ 
  63. श्रेष्ठ, आदित्यमान, "इतिहास पुनर्लेखन गर्नुपर्दैन ?", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  64. श्रेष्ठ, टेक बहादुर, "टोखा: एक ऐतिहासिक चर्चा" (नेपालीमा), प्राचीन नेपाल, नेपाल सरकार पुरातत्व विभाग, अन्तिम पहुँच वि.सं. २०७८ चैत १३ 
  65. ज्ञवाली, सूर्यविक्रम (सन् १९६२), नेपाल उपत्यकाको मध्यकालीन इतिहास (नेपालीमा), शाही नेपाल एकेडमी, पृ: ४८। 
  66. चापागाईं, प्रज्जवल, "काठमाडौँका रैथाने तिरहुतिया", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  67. मल्ल, मुकेश, "मध्यकालीन कला", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  68. दास, वाशुदेव लाल, "जयस्थिति मल्लको वंश", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  69. चाम्लिङ, भोगीराज, "नेपाली सङ्घीयता, उमेर : २६०० वर्ष", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  70. "भूकम्पमा परेर ज्यान गुमाउने राजा", साप्ताहिक पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  71. काफ्ले, डा. डोलराज, "इतिहास र संस्कृतिको स्रोतका रूपमा प्राचीन र मध्यकालीन नेपाली मुद्रा" (नेपालीमा), हिस्टोरिक जर्नल, नेपाल जोल, अन्तिम पहुँच वि.सं. २०७८ चैत १३ 
  72. "मल्लकालदेखि आधुनिककालसम्म : यसरी भयो नेपाली रङ्गमञ्चको विकास", नागरिक टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  73. "‘मध्यकाल र मल्लकालका नाटकबारे अनुसन्धान जरुरी’", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  74. भट्टराई, देवेन्द्र, "प्रताप मल्लकालीन शिलालेख प्रहरी चौकी आँगनमा", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  75. रेगमी, जगदीशचन्द्र, "प्रताप मल्लका पालाका पाँच अभिलेख" (नेपालीमा), प्राचीन नेपाल, नेपाल सरकार पुरातत्व विभाग, अन्तिम पहुँच वि.सं. २०७८ चैत १३ 
  76. झा, देवेश, "फेरि संस्कृत भाषाविरुद्ध प्रचार अभियान !", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  77. खाईजू, ईश्वरकाजी, "५५ झ्याले दरबारका मल्लकालीन भित्तेचित्र नासिँदै", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  78. "कृष्ण मन्दिर जीर्णोद्धार सम्पन्न, सर्वसाधारणका लागि खुला", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-२७ 
  79. वैद्य, तुलसीराम, "जसले नेपालको जग बसाए", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  80. श्री, आहुति, "पञ्चायती: एकीकरणको बहस", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  81. नेपाल, ज्ञानमणि, "पृथ्वीनारायणको रणनीति", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  82. पन्त, रघु, "पृथ्वीनारायण शाहको सान्दर्भिकता", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  83. बस्नेत, श्रीरामसिंह (२०१९-०७-२६), "भीमसेन थापालाई किन सम्झिने !", गोरखा समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  84. "नेपालको इतिहासमा घटेका केही ठुला हत्याकाण्ड", साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  85. रिसाल, भैरव, "राणा शासनमा सडकको झमेला", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  86. दिक्पाल, राजकुमार, "कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  87. कन्दङ्वा, डा. राम, "नेपाल–बेलायत सम्बन्धकाे २०० वर्ष : अझै बाँकी छ सम्बन्धमा संशय", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  88. अर्याल, सुदर्शन, "राणाकालको वास्तुकला", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  89. श्रेष्ठ, आदित्यमान, "के त्यस्तो पनि दिन थियो ?", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३० 
  90. गौतम, राजेश (सन् १९९७), नेपालको संवैधानिक इतिहास र राजनीति (नेपालीमा), रत्न पुस्तक भण्डार, पृ: ८, अन्तिम पहुँच २०२३-०३-२९ 
  91. आचार्य, सन्तोष, "रोलक्रम परिवर्तन र प्रजातन्त्रको उदय", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०३ 
  92. "नगर परिचय", काठमाडौँ महानगरपालिका कार्यालय (नेपालीमा), २००६-०५-०१, अन्तिम पहुँच २०२२-०४-०३ 
  93. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फागुन १० 
  94. "श्री ५ महारजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट नेपाल अधिराज्यको संविधान २०४७ बक्सेको घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ कात्तिक २३, अन्तिम पहुँच वि.सं. २०७८ फागुन १ 
  95. "मेचीदेखि महाकाली" (नेपालीमा), श्री ५ सरकार सूचना मन्त्रालय, सन् १९७५, अन्तिम पहुँच २०२२-०२-१५ 
  96. ९६.० ९६.१ ९६.२ खतिवडा, दिपेश, "A mayoral history of Kathmandu" [काठमाडौँको मेयर इतिहास], काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  97. "यस्तो छ अहिलेसम्म भएका १२ स्थानीय चुनावको इतिहास", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  98. थापा, सूर्य, "जो २४ वर्षको उमेरमा काठमाडौँको पहिलो मेयर बने", नेपालखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०१ 
  99. "रहेनन् काठमाडौँका पहिलो मेयर जनकमान श्रेष्ठ", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०३-३१ 
  100. शर्मा, शोभा, "मातृकाले बर्खास्त गरेका काठमाडौँका पहिलो मेयर", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०१ 
  101. १०१.० १०१.१ १०१.२ १०१.३ १०१.४ १०१.५ नेपाल, खेमराज (वि.सं. २०७३ आसार), "नगरपालिका: के छ, के छैन?" (नेपालीमा), स्वशासन अध्ययन प्रतिष्ठान, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ चैत २०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-०३ मिति
  102. १०२.० १०२.१ "रहेनन् काठमाडौँ महानगरका पूर्ववडाध्यक्ष चन्द्रानन्द नेवा", ललितपुर खबर (नेपालीमा), २०२२-०५-१२, अन्तिम पहुँच २०२२-०६-२८ 
  103. "३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  104. रञ्जित, सहयोग, "३८ वर्षअघि भोटाहिटीमा बनेको नेपालकै पहिलो 'अन्डरग्राउन्ड सब-वे' ठेकेदारको नियन्त्रणमा", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  105. "दुःखद् संयोग : मेयरलाई हृदयघात उपमेयरलाई ब्रेन ह्यामरेज,एउटै अस्पतालमा उपचार", जन आस्था (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  106. "यसरी जितेका थिए पिएल सिंह र केशव स्थापितले काठमाडौँ महानगरको चुनाव, अहिले त्यस्तै तयारी नथाले जित्न मुस्किल पर्छ !", सूर्य खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  107. ढकाल, योगेश, "नवीन्द्रराज जोशी जो ३१ वर्षमा काठमाडौँका उपमेयर भए, इमानको राजनीति गरे", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  108. "केशव स्थापित सरकारबाट विस्थापित होलान् ?", मकालु खबर (नेपालीमा), २०१८-११-०२, अन्तिम पहुँच २०२२-०४-०२ 
  109. "आधा दर्जन पूर्वसांसद मेयरमा भिड्दै (सूचीसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०३ 
  110. "काठमाडौँ महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी", नागरिक सामचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  111. पौडेल, सुरेन्द्र, "विद्यासुन्दर शाक्य : वडाध्यक्षदेखि मेयरसम्म", नागरिक सामचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०२ 
  112. "पराजित भएपछि सिर्जनाले दिइन् बालेनलाई बधाई", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-२८ 
  113. "काठमाडौँ महानगर : स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी, काँग्रेस-एमाले असफल", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०६-२८ 
  114. त्रिपाठी, बलराम, "काठमाडौँ उपत्यकाको साझा समस्या र स्थानीय तहको नीति तथा कार्यक्रम", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०४ 
  115. "हरायो उपत्यकालाई ‘मेट्रोसिटी’ बनाउने अवधारणा", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०४ 
  116. ११६.० ११६.१ ११६.२ "Nepal: Administrative Division" [नेपाल : प्रशासनिक विभाजन], सिटी पोपुलेसन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-०४ 
  117. "सन् १९८१ देखि सन् २०१० सम्मको तापक्रम", जल तथा मौसम विज्ञान विभाग (नेपाल), अन्तिम पहुँच १४ अक्टोबर २०१२ 
  118. "‘काठमाडौँ सहर, धुलोले उडायो रहर’", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०२ मिति
  119. "धुलोधुवाँ पीडित काठमाडौँ", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  120. "धुलोमाडौं काठमाडौँ : श्वास फेर्नै गाह्रो (भिडियोसहित)", एसबिसी न्युज नेपाल (नेपालीमा), २०१८-०४-२५, अन्तिम पहुँच २०२२-०४-०७ 
  121. बम, यम, "काठमाडौँको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  122. "काठमाडौँ विश्वकै आठौँ प्रदूषित शहर", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  123. कुमार, रमेश, "कसरी संसारकै उच्च वायुप्रदूषित शहर बन्यो काठमाडौँ ?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  124. "वायु प्रदूषण धूमपानभन्दा खतरनाक", बिबिसी नेपाली सेवा (नेपालीमा), २०२०-०३-०४, अन्तिम पहुँच २०२२-०४-०७ 
  125. पौड्याल, डा. रामहरी, "वायु प्रदूषणको पेचिलो मुद्दा", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  126. १२६.० १२६.१ "स्वायत्त शासन" (नेपालीमा), नेपाल सरकार, योजना आयोग, वि.सं. २०७५ बैशाख, पृ: ५, अन्तिम पहुँच वि.सं. २०७८ चैत २४ 
  127. "९० प्रतिशत निर्वाचन क्षेत्र जनसङ्ख्याको आधारमा निर्धारण", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  128. "जनप्रतिनिधि विवरण", काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  129. खतिवडा, केदार, "स्थानीय कार्यपालिका", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  130. "परिचय", महानगरीय प्रहरी कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२३ मिति
  131. "जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  132. १३२.० १३२.१ सुवाल, पुण्यश्वरी, "जलन व्यवस्थापनमा वारुणयन्त्रको भूमिका : एक सङ्क्षिप्त विवेचना", नेपाल खोज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  133. श्रेष्ठ, लीला, "दमकल छ, काम लाग्ने छैन", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  134. भट्टराई, किशोरकुमार, "वारुणयन्त्रको दारुण कथा", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  135. "काठमाडौँ महानगरमा अब २० तला सम्म आगो निभाउने ‘बारुण यन्त्र’", सफल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  136. "७७ वर्षे इतिहास बोकेको जुद्ध बारुण यन्त्र अलपत्र", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०७ 
  137. "उपत्यकामा दमकल स्टेसन थप गरी दश बनाइने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  138. "काठमाडौँमा दैनिक ४३ करोड लिटर खानेपानीको माग", इ कागज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  139. कुमार, रमेश, "को थिए मेलम्ची खानेपानी आयोजनाका परिकल्पनाकार ?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  140. दीपेन्द्र विष्ट, नुमा थाम्सुहाङ, "धारामा आयो मेलम्ची", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  141. राउत, कुमार (२०२१-०३-०६), "मेलम्चीको पानी आज काठमाडौमा", राजधानी राष्ट्रिय दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  142. अवस्थी, मनीषा, "मेलम्चीको पानी, अब कहिले खानी ?", फरकधार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  143. "मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति, वैकल्पिक माध्यमबाट पानी ल्याउने तयारी", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  144. "फोहोर फालेर महानगरको कार्यालय अगाडि प्रदर्शन, प्रधानमन्त्री र मेयरबीच छलफल", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  145. न्यौपाने, ज्ञान, "महानगरको फोहर व्यवस्थापनमा कर्मचारी र निजी ठेकेदारको लुट", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-०८ 
  146. "भारतको जनसाङ्ख्यिकी" (अङ्ग्रेजीमा), हिन्दुस्तान पब्लिशिङ कर्पोरेशन, सन् १९७४, पृ: २३९, अन्तिम पहुँच २०२३-०३-२९ 
  147. "एसियाली प्रोफाइल" (अङ्ग्रेजीमा), एसियाली अनुसन्धान सेवा, सन् १९७५, पृ: १९१, अन्तिम पहुँच २०२३-०३-२९ 
  148. लम्साल, हिमाल, "महानगरको जनघनत्व थेग्नै नसकिने", नागरिक सामचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  149. १४९.० १४९.१ नरेन्द्रराज खनाल, गोपीकृष्ण वश्याल (सन् २००१), "Process and Characteristics of Urbanization in Nepal" [नेपालमा सहरीकरणको प्रक्रिया र विशेषताहरू] (अङ्ग्रेजीमा), त्रिभुवन विश्वविद्यालय अनुसन्धान पत्र, पृ: ७-८, अन्तिम पहुँच वि.सं. २०७८ चैत २८ 
  150. "११.२३ प्रतिशतले घट्यो काठमाडौँ महानगरको जनसङ्ख्या", ललितपुर खबर (नेपालीमा), २०२२-०१-२६, अन्तिम पहुँच २०२२-०४-१० 
  151. "Caste-Based Population Pie Chart of Kathmandu Metropolitan City" [काठमाडौँ महानगरपालिकाको जातीय आधारमा जनसङ्ख्या तालिका] (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-१९ 
  152. "नेवार जाति र वर्तमान अवस्था", ब्लाष्ट खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  153. लुवार, दयाराम (२०२१-०७-०५), "नेपालमा वर्ण र जात व्यवस्थाको सुरुवात", जनखबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  154. १५४.० १५४.१ दाहाल, कमला (सन् २००९), "नेपालमा शिक्षा" (नेपालीमा), नेपाल जोल, पृ: १, अन्तिम पहुँच वि.सं. २०७८ चैत २८ 
  155. पराजुली, कृष्णप्रसाद, "नेपाली राम्रोसँग बोल्न आउँदैन, अङ्ग्रेजी जानेमा उत्कृष्ट!", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-११ 
  156. जोशी, इन्दिरा, "नेपाल+तिब्बत सम्बन्ध:ऐतिहासिक सिंहावलोकन", प्राचीन नेपाल (pdf) (नेपालीमा), पृ: १-६, अन्तिम पहुँच २०२२-०४-१४ 
  157. न्यौपाने, गोविन्द, "प्राचीन खशमार्ग नै हो आजको रेशममार्ग (सिल्क रोड)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  158. सुवेदी, डा. देवीप्रसाद, "रेशमी मार्ग र हामी", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  159. बम, पुकार, "यसरी बन्छ काठमाडौँ", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  160. १६०.० १६०.१ फुयाल, सुरेन्द्र (२०१६-११-०२), "सम्पदाबारे युनेस्कोको चिन्ता", बिबिसी नेपाली सेवा (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  161. "काठमाडौँ उपत्यका युनेस्कोको खतराको सूचीमा पर्नसक्ने", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  162. साखकर्मी, सुनीता, "विश्व सम्पदा : राजनीति 'इन', सूचीबाट 'आउट'", ई कागज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  163. श्रेष्ठ, दीपक, "सम्भावित विश्व सम्पदा स्थलको अध्ययन सुस्त", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  164. उपाध्याय, एस. राज, "पुनर्निर्माणपछि जीवन्तता पाउँदै भक्तपुर दरबार स्क्वायर(भिडियोसहित)", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  165. कार्की, सविना, "के वसन्तपुर घुम्नका लागि योग्य छैन ?", खबर हब (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  166. १६६.० १६६.१ पाण्डेय, विष्णु, "वसन्तपुर क्षेत्रका ३० वटा सम्पदाको पुनर्निर्माण सम्पन्न", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  167. सापकोटा, जनकराज, "सिद्धिए सम्पदा", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  168. श्रेष्ठ, सुदीप, "वसन्तपुर दरबारको सेतो भित्तामा इतिहासको एनिमेसन", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  169. आचार्य, रूपेश (२०२०-०१-०१), "मल्लकाल देखि बन्द चोकहरू; अब खुल्दै छन्", घामछाया (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-२९ मिति
  170. उपाध्याय, एस. राज, "वसन्तपुर दरबार स्क्वायर : मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुँदै[भिडियो रिपोर्ट]", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  171. शान्ति तामाङ, प्रकाश धौलाकोटी, "विश्व सम्पदा सूचीका ६४ सम्पदा अझै पुनर्निर्माण भएनन्", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  172. खरेल, शेखर, "त्यो नारायणहिटी राजदरबार, त्यो मालश्री र मङ्गलधुन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  173. "कुमारी घर पुनःनिर्माण हुने", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  174. १७४.० १७४.१ बिष्ट, देबकी, "जीवित देवी कुमारी माथि राजनीति (भिडियाे)", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  175. न्यौपाने, दामोदर, "कसले बनाउने कुमारी घर ?", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  176. घिमिरे, शिवहरि, "काठमाडौँमा नयाँ कुमारी आउँदै", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  177. "कुमारी घरमा नयाँ कुमारीको प्रवेश", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  178. "सातौँ शताब्दीको प्रविधिबाटै काष्ठमण्डप पुनःनिर्माण हुँदै", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१३ 
  179. नागरिक -, "काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल , पशुपतिनाथ मन्दिर", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  180. राजवंशी, श्यामसुन्दर, "पशुपतिनाथ प्राङ्गणमा प्राप्त अप्रकाशित लिच्छवि अभिलेख", प्राचीन नेपाल (pdf) (नेपालीमा), पृ: १-२, अन्तिम पहुँच २०२२-०४-१४ 
  181. कोइराला, कमल, "भगवान् रामले मुद्दा जिते", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  182. जोशी, अभयराज, "जब बङ्गालका राजाले ‘नेपाल उपत्यका’मा आक्रमण गरे", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  183. महर्जन, वसन्त, "पशुपति विनाश गुरुयोजना !", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  184. "विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर जीर्णोद्धारको पर्खाइमा", निर्माणपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  185. "शिवरात्रिः पशुपतिनाथ र अन्य शिवालयमा मानिसको घुइँचो", बिबिसी समाचार नेपाली (नेपालयमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  186. "नेपालको यस्तो ५ मन्दिर जहाँ हिन्दुहरूलाई मात्र प्रवेश अनुमति!", बिगुल न्यूज (नेपालीमा), २०१८-०६-२७, अन्तिम पहुँच २०२२-०४-१४ 
  187. "अब को बन्ला पशुपतिनाथको मूल पूजारी ?", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  188. "पशुपतिनाथमा यसरी आए भारतीय भट्ट, जो पछि मूलभट्ट र पुजारी भएर राज गर्दैछन्", नयाँ पुस्ता (नेपालीमा), २०१८-०५-२८, अन्तिम पहुँच २०२२-०४-१४ 
  189. "पशुपति विकास ट्रस्ट", पशुपतिनाथ आधिकारिक वेबसाइट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१४ 
  190. "पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम 'पशुपतिनाथ' कसरी हुन पुग्यो?", नेपाली हेडलाइन्स (नेपालीमा), २०१६-०२-१७, अन्तिम पहुँच २०२२-०४-१४ 
  191. "बौद्धनाथ स्तूप’ वृत्तचित्र निर्माण", न्युज अभियान (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  192. "बौद्धनाथको पौराणिक कथा", तामाङ अनलाइन (नेपालीमा), २०१८-१०-१८, अन्तिम पहुँच २०२२-०४-१५ 
  193. "स्वदेशी तथा विदेशी पाहुनाको प्रमुख आकर्षणको गन्तव्य , बौद्धनाथ स्तुपा", पर्यटन बजार (नेपालीमा), २०१९-११-१०, अन्तिम पहुँच २०२२-०४-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०७ मिति
  194. महर्जन, बसन्त, "स्वयम्भूनाथ होइन् स्वयम्भू महाचैत्य", हिमाल खबर, अन्तिम पहुँच २०२२-०४-१५ 
  195. "स्वयम्भूनाथ १८ करोडको लागतमा जीर्णोद्वार हुँदै", केन्द्रबिन्दु (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  196. रञ्जित, सहयोग, "बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  197. मल्ल, के. सुन्दर, "कथा रानीपोखरीको", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  198. जोशी, हरिराम, "रानी पोखरी प्रताप मल्लले बनाएका होइनन्", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  199. काफ्ले, सुरेन्द्र, "के हो रानीपोखरी मन्दिरको वास्तविकता ?", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  200. न्यौपाने, दामोदर, "यसरी बन्यो रानीपोखरी", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  201. "नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  202. केसी, खिमु, "रहरै रहर, काठमाडौँ सहर", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  203. खतिवडा, ऋषि, "कलाको मूल्य", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  204. हमाल, चाँदनी, "काठमाडौँ उपत्यका: कला र सम्पदाले झकिझकाउ बनाइँदै", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  205. ढुङ्गाना, नारायण, "नेपाली कला-संस्कृतिमा लोभिएका चिनियाँ कलाकार", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  206. तामा‌ङ, सुशीला, "आधुनिकताले बिर्साएको सहरको कथा", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  207. मल्ल, मुकेश, "नेपाली कला कार्यशालाको इतिवृत्ति", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  208. "अब घरमै बसीबसी छाउनी राष्ट्रिय सङ्ग्रहालय घुम्न सकिने", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  209. "राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तर बनाउनुपर्छ : मन्त्री आले", न्युज २४ (नेपालीमा), २०२२-०३-२१, अन्तिम पहुँच २०२२-०४-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-१२ मिति
  210. महर्जन, वसन्त, "‘भगवान भरोसा’ मा हाम्रा ऐतिहासिक सङ्ग्रहालय", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  211. "राष्ट्रिय सङ्ग्रहालयलाई सार्कस्तरीय बनाउनुपर्छ : मन्त्री आले", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  212. जोशी, हरिराम, "सङ्ग्रहागारदेखि सङ्ग्रहालयसम्म", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  213. महर्जन, सपना, "‘प्राथमिकतामा परेन सङ्ग्रहालय’", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  214. डङ्गोल, प्रा.डा. धर्मराज (२०१८-०५-१५), "प्रकृति बुझ्न प्राकृतिक विज्ञान सङ्ग्रहालय जाने कि ?", मूल्याङ्कन अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  215. "नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  216. "पौभा, थान्का बारे अध्ययन अनुसन्धान बढाउन माग", जनबोली न्यूज (नेपालीमा), २०१६-०८-२५, अन्तिम पहुँच २०२२-०४-१५ 
  217. भेटवाल, तारा, "४० देशको जीवनशैली चिनाउने ३०० कलाकृति", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१५ 
  218. तामा‌ङ, सुशीला, "काठमाडौँ ट्रिएनाले : कलामा समकालीन साझा समस्याको उठान", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  219. माली, प्रशान्त, "पाटन कलानगरी ‘रेड जोन’ मा", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  220. मल्ल, मुकेश, "कलामा सौन्दर्यको चासो", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  221. निरौला, तीर्थ, "पौभा चित्रको भबिश्य", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  222. "थाङ्का चित्र: एउटा अद्भुत इतिहास, तर यसरी मासिँदैछ (भिडियो सहित)", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  223. "थाङ्का बनाउँदै 'अँध्यारोबाट उज्यालोतिर'को यात्रा", बिबिसी नेपाली समाचार (नेपालीमा), २०१९-११-२३, अन्तिम पहुँच २०२२-०४-२१ 
  224. बराल, सजना, "संसारभर फैलिएको नेपाली कलाकृतिको सुकीर्ति", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  225. देवकोटा, सबिना, "पाटन सङ्ग्रहालयको गर्भमा लुकेको रहस्यमय मल्लकालीन कलाकृति", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  226. स्मृति, स्वपनिल, "‘नेपाली साहित्य मेला–महोत्सवमा रमाइरहेको छ’", सम्पूर्ण साप्ताहिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-२८ मिति
  227. मल्ल, मुकेश, "नेपाली आधुनिक कलाको पहिलो दशक", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१ 
  228. "‘नेपाली चलचित्र’ इतिहासदेखि वर्तमानसम्म", मेरो फिल्म (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  229. कार्की, प्रकाशजङ्ग (२०१४-०४-२३), "अल्मलिएको नेपाली चलचित्र", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  230. कार्की, पदम सिंह, "रङ्गमञ्चको काल यात्रा", न्युज अभियान (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  231. सायमी, प्रकाश, "रङ्गमञ्च : हिजो, आज र भोलि", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  232. पराजुली, लोकरञ्जन, "पहिलो सिनेमा घरको कथा : ‘फस्ट सो’ मा सधैँ राजा", नेपाल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  233. "काठमाडौँमा ३८ सिनेमा हलले तिरेनन् मनोरञ्जन कर", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१७ 
  234. यासमिन, चोम्पा मौसमी (सन् २०२०), "Muslim cultural Practices in Nepal" [नेपालमा मुस्लिम सांस्कृतिक अभ्यासहरू] (अङ्ग्रेजीमा), नेपाल जोल, पृ: ३-४, अन्तिम पहुँच वि.सं. २०७९ बैशाख ५ 
  235. महर्जन, संजीवन, "काठमाडौँमा इस्लामिक आक्रमण", साप्ताहिक पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-१८ 
  236. "भब्य लंगर(भोजन) आयोजना", नेपाल आज (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-०५ मिति
  237. "यस्तो बन्यो ‘दरबार हाई स्कुल’, डेढ महिनाभित्र हस्तान्तरण हुँदै", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२३ 
  238. राई, गणेश, "त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ ! [भिडियाे]", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२४ 
  239. भट्टराई, प्रदीप, "दरबार हाई स्कुल स्थापनाको १ सय ६६औँ दिवस मनाइयो", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२४ 
  240. राई, गणेश, "कहिले खुल्ला दरबार हाई स्कुल ?", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२३ 
  241. पाण्डे, सूर्यप्रसाद, "उत्कृष्ट २० विद्यालय छनोट", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२३ 
  242. "चिन्नुहोस् यी हुन काठमाडौँका ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ", जनबोली न्यूज नेटवर्क (नेपालीमा), २०१८-०१-१४, अन्तिम पहुँच २०२२-०४-२३ 
  243. "‘काठमाडौँलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ’", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२४ 
  244. पाण्डे, सूर्यप्रसाद, "काठमाडौँ महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२४ 
  245. "नेपालका उत्कृष्ट २५ प्लस टु (कक्षा ११, १२)", केन्द्रबिन्दु (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०८-१९ मिति
  246. ज्ञवाली, बालकृष्ण, "काठमाडौँ अर्थतन्त्रको पनि राजधानी", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०४-२८